कोशीले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

काठमाडौं । कोशी प्रदेश सरकारले  आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ३५ अर्ब ८७ करोड ९९ लाख बजेट प्रदेशसभामा पेस गरेको छ । जसमा चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ छ । त्यस्तै, पुँजीगत १७ अर्ब १० करोड ६५ लाख बजेट रहेको छ भने वित्तीय व्यवस्थापन १० करोड रहेको छ । आर्थिक तथा […]

Jun 15, 2025 - 11:53
 0
कोशीले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

काठमाडौं । कोशी प्रदेश सरकारले  आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ३५ अर्ब ८७ करोड ९९ लाख बजेट प्रदेशसभामा पेस गरेको छ ।

जसमा चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ छ । त्यस्तै, पुँजीगत १७ अर्ब १० करोड ६५ लाख बजेट रहेको छ भने वित्तीय व्यवस्थापन १० करोड रहेको छ ।

आर्थिक तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार चालु आर्थिक वर्षको भन्दा केही करोड ठूलो आकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षको लागी गएको वर्ष मन्त्री मगरले नै ३५ अर्ब २७ करोड ९३ लाखको पेस गरेका थिए ।

सार्वजनिक गरिएको बजेटको स्रोतमा भने संघ सरकारको अनुदानलाई मुख्य मानिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register