कर्णालीले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ । जुन चालु आवको तुलनामा ५ प्रतिशतले बढी हो  । आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले आइतबार मध्यराति प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । कूल विनियोजनमध्ये चालुतर्फ रु सात अर्ब ७९ करोड […]

Jun 16, 2025 - 03:50
 0
कर्णालीले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ । जुन चालु आवको तुलनामा ५ प्रतिशतले बढी हो  । आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले आइतबार मध्यराति प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।

कूल विनियोजनमध्ये चालुतर्फ रु सात अर्ब ७९ करोड ९१ लाख एक हजार अर्थात् २३.६४ प्रतिशत रहेको छ । पुँजीगततर्फ रु १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् कूल विनियोजनको ६०.५५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु ६१ करोड ५० लाख अर्थात् कूल विनियोजनको १.६६ प्रतिशत बजेट छुट्याइएको छ ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरिएको छ ।

उक्त बजेटको स्रोतमध्ये आन्तरिक आयबाट रु ९६ करोड ७४ लाख ११ हजार, चालु आर्थिक वर्ष खर्च हुन नसकी बचत हुने बजेटबाट रु पाँच अर्ब ६९ करोड ६८ लाख ४४ हजार र सङ्घीय सरकारबाट राजस्व बाँडफाँटबाट जाने रु १० अर्ब २७ करोड ३० लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ ।

वित्तीय समानीकरण अनुदानबाट रु १० अर्ब ५६ करोड चार लाख, सशर्त अनुदानबाट रु चार अर्ब ४४ करोड ६० लाख, समपुरक अनुदानबाट रु ५३ करोड ९७ लाख र विशेष अनुदानबाट रु ४९ करोड ४६ लाख स्रोत परिचालन गरिने अनुमान छ ।

दलहरूबीच बजेटमा सहमति जुट्न नसक्दा मध्यराति १२ बज्नभन्दा केही मिनेट अघिमात्रै कर्णालीमा बजेट सार्वजनिक गरिएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register