लाल मोहम्मद हत्याका सुटरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका गुड्डु पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको एकल इजलासले आइतबार पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पटेललाई १८ फागुनमा  उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गोली हानी पक्राउ गरेको थियो। सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वा […]

Mar 23, 2025 - 13:43
 0
लाल मोहम्मद हत्याका सुटरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका गुड्डु पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको एकल इजलासले आइतबार पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

पटेललाई १८ फागुनमा  उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गोली हानी पक्राउ गरेको थियो। सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वा स्थायी घर भएका मोहम्मद २०७९ असोज ३ गते अज्ञात व्यक्तिको गोली प्रहारबाट गोठाटारमा मारिएका थिए।

मोहम्मदलाई भारतीय सुरक्षा निकायले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो। पहिले हत्या आरोपमा जेल बसेर छुटेका मोहम्मद मारिनुअघि गोठाटारमा गार्मेन्ट उद्योग चलाइरहेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register