मालिबुङ इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । मालिबुङ इनर्जी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले असार १ गते आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीले बोर्डबाट जारी पूँजीको ४८.९९९८ प्रतिशत आईपीओ निष्कासनको अनुमति पाएको छ । जसअनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ […]

Jun 16, 2025 - 08:20
 0
मालिबुङ इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । मालिबुङ इनर्जी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले असार १ गते आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

कम्पनीले बोर्डबाट जारी पूँजीको ४८.९९९८ प्रतिशत आईपीओ निष्कासनको अनुमति पाएको छ ।

जसअनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५ सय ३० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register