टी-२० आईमा १०० खेलकाे माइलस्टोन पूरा गर्दै नेपाल, पहिलो खेलमा के भएको थियो ?

काठमाडौं । स्कटल्यान्ड टी–२० आई त्रिकोणीय सिरिजमा नेपालले सोमबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । स्कटल्याण्ड भ्रमणमा रहेको नेपाल र नेदरल्यान्ड्स बेलुकी पौने ८ बजे आमने सामने हुनेछन् । नेपालको यो सयौँ टी–२० खेल भएकोले पनि यो खेललाई नेपाल यादगार बनाउन चाहन्छ । २०१४ को बंगलादेश विश्वकपबाट नेपालले टी-२० आईको मान्यता पाएको थियो । यो ११ […]

Jun 16, 2025 - 10:50
 0
टी-२० आईमा १०० खेलकाे माइलस्टोन पूरा गर्दै नेपाल, पहिलो खेलमा के भएको थियो ?

काठमाडौं । स्कटल्यान्ड टी–२० आई त्रिकोणीय सिरिजमा नेपालले सोमबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । स्कटल्याण्ड भ्रमणमा रहेको नेपाल र नेदरल्यान्ड्स बेलुकी पौने ८ बजे आमने सामने हुनेछन् । नेपालको यो सयौँ टी–२० खेल भएकोले पनि यो खेललाई नेपाल यादगार बनाउन चाहन्छ ।

२०१४ को बंगलादेश विश्वकपबाट नेपालले टी-२० आईको मान्यता पाएको थियो । यो ११ वर्षमा नेपालले ९९ वटा टी-२० आई खेलिसकेको छ । आज १०० औँ खेल खेल्दै छ । त्यसैले पनि नेपालका लागि यो ऐतिहासिक खेल हुनेछ । क्रिकेटमा १०० को उपलब्धिलाई महत्त्वपूर्ण माइलस्टोन मानिन्छ ।

नेपाल सयौं खेल खेल्न मैदानमा उत्रिँदा टिममा एक जना मात्र ती खेलाडी हुनेछन्, जसले नेपालका लागि पहिलो खेल खेलेका थिए । ती हुन् फास्टबलर सोमपाल कामी । कामीले २०१४ को विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका थिए आज पनि उनको लय खस्किएको छैन ।

नेपालले टी-२० आई डेब्यु खेलमै जित हात पारेको थियो ।   बंगलादेशको चटगाउँस्थित जाहुर अहमद चौधरी स्टेडियममा ११ वर्षपहिला भएको खेलमा टस जितेर हङकङले पहिले फिल्डिङ रोजेको थियो । यससँगै नेपाल ब्याटिङमा उत्रियो ।

नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १४९ रन बनायो । नेपालको ओपनिङ जोडीमा थिए सुवास खकुरेल र सागर पुन । ४.४ ओभरमा सागर पुन आउट भए । उनलाई हङकङका हसिब अमजादले आउट गरे । सागर पुन हावामा प्रहार गर्ने प्रयासमा आउट भए । तर, यो प्रहार निकै बलियो थियो — साँच्चै निकै बलियो। कभरमा रहेको क्षेत्ररक्षकले दाहिनेतिर डाइभ लगाउँदै दुवै हातले उत्कृष्ट क्याच लिएका थिए ।

यसपछि तेस्रो नम्बरका खेलाडीका रूपमा ज्ञानेन्द्र मल्ल क्रिजमा आए । ५.१ ओभरमा सुवास २२ रनमा आउट भए । उनलाई नदिम अहमदले आउट गरे । खकुरेलले विकेट सस्तोमा फ्याँकेका थिए । बल फुल डेलिभरी थियो, अलिकति फ्ल्याट पनि, र खकुरेलले मिड–अनमा रहेका क्षेत्ररक्षकमाथिबाट हल्का उचालेर खेल्ने प्रयास गरे  । तर, बलमुनि ठीकसँग जान सकेनन् । परिणामस्वरूप बल सिधै मिड–अनको फिल्डरसम्म पुग्यो। दुवै ओपनरहरू राम्रो सुरुवात गरेजस्तो देखिए पनि आउट भए ।

यसपछि चौथो नम्बरमा मोर्चा सम्हाल्न आए पारस खड्का । पावर प्लेमा डगमगाएको नेपाली ब्याटिङलाई पारस र ज्ञानेन्द्रले सम्हाले । ५.२ ओभरमा सुरु भएको साझेदारी १६.२ ओभरसम्म चलेको थियो । उनीहरुले ८० रनको साझेदरी गरेका थिए ।

१६.२ ओभरमा नजिब अमरले पारसलाई आउट गरे । पारसले बल मैदानबाहिर पुर्‍याउने प्रयास गरेका थिए र अघिल्लो बलको तुलनामा यसपटक निकै राम्रो सम्पर्क भएको थियो । तर, बल केवल लङ–अनको क्षेत्ररक्षकसम्म मात्र पुग्यो । एक उत्कृष्ट पारी यहीँ आएर समाप्त हुन्छ । उनको प्रहारलाई निजाकत खानले क्याच गरे । त्यसबेला नेपालले ११६ रन बनाएको थियो ।

अनि क्रिजमा आए विनोद भण्डारी । तर, १७.१ ओभरमा विनोदलाई नदिमले १ रनमा नै आउट गरे । यतिन्जेल नेपालले १२४ रन बनाएको थियो । १७.२ ओभरमा आए शरद भेषवाकर ।

नेपाललाई अन्तिम ओभर भने महङ्गो साबित भयो । नेपालले अन्तिम ४ ओभरमा लगातार ४ विकेट गुमायो । सबै विकेट हसिब हमजदले लिए । मल्लले बललाई पुल गर्ने प्रयास गर्दा टप एज भयो र बल प्रहार गर्ने बलर हसिब आफैँले केही कदम दौडिएर सजिलै क्याच लिए । केवल २ रन नपुग्दा मल्लले आफ्नो अर्धशतक पूरा गर्न सकेनन् ।

तेस्रो नम्बरदेखि नेपालको ब्याटिङ सम्हालेका ज्ञानेन्द्रले १९.३ ओभरसम्म खेले । यतिबेलासम्म नेपालले १४८ बनाइसकेको थियो । यद्यपि, ज्ञानेन्द्र आउट भएपछि नेपालले अन्तिम ३ बलमा नै ३ विकेट गुमायो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ रन बनाए । उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । कप्तान पारस खड्काले ४१ रन बनाए । उनले ३७ बलमा ४ चौका प्रहार गरे ।

१९.४ ओभरमा शरद, १९.५ मा नरेश बुढायर र अन्तिम बलमा शक्ति गौचन आउट भए । यससँगै नेपालले हङकङलाई १५० रनको लक्ष्य दियो ।

नेपालले सम्मानजनक ब्याटिङ त गर्‍यो नै तर, बलिङले सबैलाई चकित पार्‍यो । नेपालको कसिलो बलिङका कारण हङकङ १७ ओभरमा ६९ रनमा अलआउट भयो ।

पहिलो बलमा नै कप्तान पारसले विकेट लिए । उनले इरफान अहमदलाई डकआउट गरे । खड्काले अराउन्ड द विकेटबाट बलिङ सुरु गरे । सो बल मिडल स्टम्पमा गुड लेन्थमा परेर हल्का उफ्रियो, अहमदले आफ्नो ब्याट अलिकति कोण बनाएर अगाडि राखेका थिए र हल्का एज लागेर बल गयो । उनको बललाई सुवासले क्याच गरे ।

दोस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले नेपालको लागि दोस्रो विकेट लिए । उनले ज्यामी एट्किन्सनलाई ६ रनमा आउट गरे । कामीले अफ स्टम्पको छेउमै ब्याक अफ अ लेन्थमा स्किडर फाले । एटकिन्सन फेरि कट शट खेल्न खोजिरहेका थिए । तर, यसपटक भित्रिएको एज लागेर स्टम्पमा ठोकियो र सोमपालले उनलाई पभिलियन फर्काए ।

६.४ ओभरमा वाकास बर्कत १८ रनमा आउट भए । आफ्नो पहिलो ओभरमै शक्ति गौचनले विकेट लिए । बर्कतले ब्याट्सम्यान क्रिज छोडेर अगाडि बढे र लङ अफमाथि हल्का उचालेर प्रहार गर्न खोजे, तर उनी सर्ट खेल्न निकै चाँडो भए । उनको तल्लो हातसमेत ब्याटको ह्यान्डलबाट छुट्टियो र अन्ततः बल सिधै लङ अफमा जाँदा जितेन्द्र मुखियाले क्याच गरे ।

बसन्त रेग्मीले नेपालका लागि चौथो विकेट लिए । १०.३ ओभरमा बल मिडल स्टम्पमा लाग्दा उनले मार्क च्यापम्यानलाई १३ रनमा आउट गरे । यी च्यापम्या अहिले न्युजिल्यान्डका लागि अन्तराष्ट्रिय खेल खेल्छन् । १०.४ ओभरमा उनले निजाकत खानलाई शून्यमा आउट गरे । यसपटक पनि उनले मिडल स्टम्पमार्फत नै विकेट लिएका थिए ।

११.१ ओभरमा बाबर हायातलाई शक्ति गौचनले आउट गरे । बाबर २० रनमा आउट भए । स्टम्पको टप अफमा लागेसँगै शक्तिले नेपाललाई छैँटौं विकेट दिलाए । सोही ओभरको चौथो बलमा ऐजाज खानलाई शून्यमा आउट गर्दै नेपालका लागि सातौं विकेट लिए ।

१२.३ ओभरमा तनविर अफजललाई वसन्त रेग्मीले आउट गरे । तनविरको प्रहारलाई पारसले क्याच गरे र नेपालले आठौं विकेट पायो ।

१३.६ ओभरमा सोमपालले नजिब अमरलाई २ रनमा आउट गर्दै नेपालका लागि नवौं विकेट लिए । ब्याट्सम्यानले ब्याकफुटबाट ठूलो ड्राइभ खेल्न खोजे, तर बल बाहिरी किनारा लाग्दा सिध्दै विकेट किपर विनोद भण्डारीले क्याच गरे ।

१६.६ ओभरमा जितेन्द्र मुखियाले नदिम अहमदलाई ५ रनमा आउट गरे । जितेन्द्रले निकै शानदार यर्कर फलोका थिए । ब्याट्सम्यानले ब्याट घुमाए तर बललाई छुन सकेनन्, र अफ स्टम्पमा उड्यो। दसौं विकेटसँगै नेपालले ८० रनले खेल जित्यो ।

नेपालका लागि शक्ति गौचन र बसन्त रेग्मीले ३–३ विकेट लिए । सोमपाल कामीले २ तथा पारस खड्का र जितेन्द्र मुखियाले १–१ विकेट लिए । नेपालको डेब्यु खेलमा त्यो ऐतिहासिक जित ।

नेपालको पहिलो टी–२० खेल्ने टोलीमा सोमपाल थिए । अब नेपालको सयौं खेलमा पनि सोमपाल टोलीमा छन् । नयाँ खेलाडीले भरिएको राष्ट्रिय टोलीले सयौं खेलमा कस्तो प्रदशर्न गर्छ र सोमपालको योगदान कस्तो हुन्छ भन्ने रमाइलो पक्ष हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register