बाँकेमा ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ

बुटवल । बाँके प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका– १ प्रगतिटोल बस्ने २९ वर्षीय चुनचुन पासी रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए । उपरीक्षक घर्तीका अनुसार उनकाे साथबाट १०६ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको छ । पासीले सेतो प्लास्टिकमा […]

Jun 16, 2025 - 11:02
 0
बाँकेमा ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ

बुटवल । बाँके प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका– १ प्रगतिटोल बस्ने २९ वर्षीय चुनचुन पासी रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

उपरीक्षक घर्तीका अनुसार उनकाे साथबाट १०६ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको छ । पासीले सेतो प्लास्टिकमा बेरिराखेको अवस्थामा उक्त लागुऔषध बरामद भएको हो ।

आइतबार पक्राउ परेका पासीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register