क्यानडामा भेट नभएपछि ट्रम्प र मोदीबीच फोनमा वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार फोनवार्ता भएको छ । ट्रम्प र मोदी दुवै क्यानडामा भएको जी–७ को सम्मेलनमा सहभागी थिए । तर, ट्रम्प बीचमै अमेरिका फर्केपछि मोदीसँग साइडलाइन वार्ता हुन नसकेको भारतीय विदेश सचिव विक्रम मिश्रीले बताएका छन् । उनले साइडलाइन वार्ता नभएकाले दुई नेताहरूबीच फोनमा ३५ मिनेट […]

Jun 18, 2025 - 07:53
 0
क्यानडामा भेट नभएपछि ट्रम्प र मोदीबीच फोनमा वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार फोनवार्ता भएको छ । ट्रम्प र मोदी दुवै क्यानडामा भएको जी–७ को सम्मेलनमा सहभागी थिए । तर, ट्रम्प बीचमै अमेरिका फर्केपछि मोदीसँग साइडलाइन वार्ता हुन नसकेको भारतीय विदेश सचिव विक्रम मिश्रीले बताएका छन् । उनले साइडलाइन वार्ता नभएकाले दुई नेताहरूबीच फोनमा ३५ मिनेट लामो कुराकानी भएको बताएका छन् ।

मिश्रीले भने, ‘वार्ताका क्रममा मोदीले अपरेसन सिन्दुरबारे विस्तृत रूपमा कुरा गर्नुभयो ।’ उनले भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणबारे अमेरिकी राष्ट्रपति ट्रम्पले समवेदना प्रकट गरेको बताए । त्यस आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमा मे ६ र ७ को राति हवाई आक्रमण गरेको थियो । जसलाई अपरेसन सिन्दुर भनिएको छ । मोदीले ट्रम्पसँगको कुराकानीमा अपरेसन सिन्दुरअनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा रहेका आतंकवादी स्थलमा मात्र आक्रमण गरेको बताएको मिश्रीले जानकारी दिएका छन् ।

साथै मोदीले ट्रम्पसँग भारत पाकिस्तान द्न्द्वका क्रममा अमेरिकासँग कुनै व्यापार सम्झौता र मध्यस्थताको कुरा नभएको समेत बताएको मिश्रीले उल्लेख गरे । मोदीले भारतले कहिल्यै पनि मध्यस्थताको कुरा नगरेको र नगर्ने पनि बताएको दाबी मिश्रीले गरेका छन् । ९ मेमा अमेरिकी राष्ट्रपति जेडी भान्सले मोदीसँग फोनमा कुराकानी गरेको र त्यसक्रममा पाकिस्तानले ठूलो आक्रमण गर्न सक्ने बताएको मोदीले ट्रम्मसँग जनाएका छन् ।

पाकिस्तानकै आग्रमा दुई देशका सेनाको औपचारिक च्यानलमार्फत सैन्य कारबाही रोकिएकोसमेत ट्रम्पलाई मोदीले जानकारी गराएका छन् ।

ट्रम्प र मोदीबीच इरान–इजरायल युद्ध, युक्रेनलगायतका विषयमा पनि कुरा भएको छ । यस्तै इन्डो–प्यासिफिक र क्वार्डको बैठकबारे पनि दुई नेताबीच कुरा भएको मिश्रीले बताएका छन् । क्वार्डको बैठकको आयोजना भारतले गर्ने र त्यसमा ट्रम्पलाई निम्तोसमेत दिइएको उनले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register