आफ्नो नाम, रंग र डिजाइन नक्कल गरेर यात्रु बस चलाएको भन्दै महानगर यातायातको आपत्ति

काठमाडौं । महानगर यातायात प्रालिले आफ्नो नाम, रंग र डिजाइन नक्कल गरेर सोही आकार–प्रकारको बस यात्रु बस सोही रुटमा चलाइएको भन्दै आपत्ति जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रालिले आपत्ति जनाएको हो । प्रालिले जारी गरेको विज्ञप्तिमा आफ्नो नाममा रंगरोगन गरेको बसले यात्रु झुक्याउने र नक्कली महानगर यातायातले पैदलयात्रीलाई ठक्कर दिएर […]

Jun 18, 2025 - 11:38
 0
आफ्नो नाम, रंग र डिजाइन नक्कल गरेर यात्रु बस चलाएको भन्दै महानगर यातायातको आपत्ति

काठमाडौं । महानगर यातायात प्रालिले आफ्नो नाम, रंग र डिजाइन नक्कल गरेर सोही आकार–प्रकारको बस यात्रु बस सोही रुटमा चलाइएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रालिले आपत्ति जनाएको हो । प्रालिले जारी गरेको विज्ञप्तिमा आफ्नो नाममा रंगरोगन गरेको बसले यात्रु झुक्याउने र नक्कली महानगर यातायातले पैदलयात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरू प्रहरीमा खबर गरी महानगर यातायातको कार्यालय पुग्ने गरेको उल्लेख छ ।

यात्रु झुक्याउने गरी एउटै नाम र रंगका बस सोही रुटमा चलिरहँदा सञ्चालकले मात्रै होइन यात्रुहरूले समेत विविध समस्या झेलिरहेको प्रालिको भनाइ छ ।

‘यसबारे पटक–पटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदा पनि कुनै कारबाही भएन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट ब्यहोर्नुका साथै कयौं पटक केही बसको नियमित सेवा समेत रोकिने गरेको छ ।’

अनुसन्धान पछि यथार्थ पत्ता लाग्दा पनि दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन नसकेको महानगर यातायता प्रालिको गुनासो रहेको छ । यसबारे बारम्बार प्रहरी प्रशासन, यातायात कार्यालय, यातायात विभाग लगायतका निकायमा निवेदन दिँदासमेत समस्या समाधानका लागि कुनै पहल नगरेको प्रालिले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register