दुर्गा प्रसाईंको भिडियो खिचेका दाहाललाई ५ हजार धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं । गएको चैत १५ मा  तीनकुनेमा भएको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईंको भिडियो खिचेका पत्रकार प्रकाशचन्द्र दाहाललाई अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश रेशराज शर्माको इजलासले दाहाललाई ५ हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले बताए । प्रसाईंले ‘आओ, आओ’ भन्दै गरेको भिडिओ खिचेका दाहालविरुद्ध सरकारी वकिलले आपराधिक उपद्रव र […]

Jun 18, 2025 - 11:44
 0
दुर्गा प्रसाईंको भिडियो खिचेका दाहाललाई ५ हजार धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं । गएको चैत १५ मा  तीनकुनेमा भएको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईंको भिडियो खिचेका पत्रकार प्रकाशचन्द्र दाहाललाई अदालतले धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश रेशराज शर्माको इजलासले दाहाललाई ५ हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले बताए ।

प्रसाईंले ‘आओ, आओ’ भन्दै गरेको भिडिओ खिचेका दाहालविरुद्ध सरकारी वकिलले आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा मुद्दा दर्ता गराएको थियो ।

दाहाल ‘नेपाल पुकार’ नामक अनलाइन पोर्टल चलाउँछन् । त्यही नामको युट्युब च्यानल पनि उनले चलाउँछन् । दुर्गा प्रसाईंले गाडी चलाउँदै आफ्ना समर्थकलाई बोलाइरहँदा त्यही गाडीमा रहेका दाहालले आफ्नो युट्युब च्यानलमा लाइभस्ट्रिम गरेका थिए ।

दाहालले आपराधिक समूह/सङ्गठनसँग मिलेमतो गरी राज्य संस्था र संवैधानिक संरचना पल्टाउने उद्देश्यले भएको घोषणा सभामा उपस्थित भई आपराधिक उपद्रव गरेको अभियोग पत्रमा दाबी गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register