इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु, श्रीमान् गम्भीर घाइते

इटहरी, ४ असार । सुनसरीको धरानबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकल सेउती पुल नजिक मंगलबार दिउँसो दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्। प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई करिब ३ः३५ बजे कोशी लोकमार्गमा पल्टिएको थियो । दुर्घटनामा धनकुटा पाख्रिबास–४ का ५३ वर्षीय राजेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका [...] The post इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु, श्रीमान् गम्भीर घाइते appeared first on Jhapa Online.

Jun 18, 2025 - 11:09
 0
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु, श्रीमान् गम्भीर घाइते

इटहरी, ४ असार । सुनसरीको धरानबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकल सेउती पुल नजिक मंगलबार दिउँसो दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।

प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई करिब ३ः३५ बजे कोशी लोकमार्गमा पल्टिएको थियो । दुर्घटनामा धनकुटा पाख्रिबास–४ का ५३ वर्षीय राजेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका छन् भने उनकी ४५ वर्षीया पत्नी हिरा मेघाको उपचारका क्रममा विराटनगरको आर्य न्युरो अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

The post इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु, श्रीमान् गम्भीर घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register