नेपाललाई चीनको सूचना – सीमा क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू

चौतारा । चिनियाँ प्रहरीले सिन्धुपाल्चोक प्रशासनलाई भोटेकोसी नदी बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरेको छ । असार ७ गतेसम्म अत्यधिक वर्षा हुने र बाढी आउन सक्ने सम्भावना रहेको भन्दै चिनियाँ प्रहरीले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको हो । भोटेकोसी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने आकलन गरिएको […]

Jun 18, 2025 - 14:46
 0
नेपाललाई चीनको सूचना – सीमा क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू

चौतारा । चिनियाँ प्रहरीले सिन्धुपाल्चोक प्रशासनलाई भोटेकोसी नदी बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरेको छ ।

असार ७ गतेसम्म अत्यधिक वर्षा हुने र बाढी आउन सक्ने सम्भावना रहेको भन्दै चिनियाँ प्रहरीले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको हो ।

भोटेकोसी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने आकलन गरिएको छ । चिनियाँ प्रहरीले जानकारीपछि प्रशासन कार्यालयले त्यस क्षेत्रमा बस्ने स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।

उनका अनुसार भोटेकोसी र सुनकोसी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोसी/सुनकोसी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने छ ।

“यही असार ३ गते देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएको छ”, प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ “भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोसी/सुनकोसी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ ।” – रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register