एक कैदिको कारागारमा मृत्यु,परिवारले शव लिन मानेनन्

कैलाली । एक कैदीको कैलाली कारागारमा रहस्यमय मृत्यु भएको छ । बैंकिङ कसुर मुद्दाका प्रतिवादी डडेल्धुराको भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिश सिंह पालीको मृत्यु भएको हो । मृतकका परिवारले भने प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् । उनीहरुले सत्यतथ्य छानबिन भई न्याय नपाउँदासम्म शव नउठाउने अडान गरेका छन् । सेती […]

Jun 19, 2025 - 03:09
 0
एक कैदिको कारागारमा मृत्यु,परिवारले शव लिन मानेनन्

कैलाली ।

एक कैदीको कैलाली कारागारमा रहस्यमय मृत्यु भएको छ ।

बैंकिङ कसुर मुद्दाका प्रतिवादी डडेल्धुराको भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिश सिंह पालीको मृत्यु भएको हो । मृतकका परिवारले भने प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् । उनीहरुले सत्यतथ्य छानबिन भई न्याय नपाउँदासम्म शव नउठाउने अडान गरेका छन् ।

सेती प्रादेशिक अस्पतालमा राखिएको शवमा निलडाम र चोटपटक देखिएको छ । शवमा कुटपिटको निलडाम रहेको भिडियो समेत सार्वजनिक भएको थियो । मृतकका आफ्न्तले प्रहरी नायब निरीक्षक हरिजित नाथमाथि रकम मागेको आरोप लगाएका छन् ।

सोमबार राति १०ः३० बजे कारागारको शौचालयमा अचेत अवस्थामा भेटिएका पालीको सेती प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्युु भएको कारागार प्रशासनले जनाएको छ ।

पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गरेको थियो । त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते पक्राउ गरेर कारागार चलान गरेको थियोे ।

पक्राउ पछिको दुई दिनमै उनको कैलाली कारागारमै मृत्यु भएको हो । उक्त विषयलाई लिएर बुधबार डडेल्धुरामा बजार र राजमार्ग अवरुद्व भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register