टिपरको ठक्करबाट एक जनाको मृत्यु

झापा, ५ असार । मोरङ विराटनगर महानगरपालिका–३ भित्रि सडक खण्डमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । असार ४ गते दिउँसो को १ क ९५३ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०१–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक मोरङ सुन्दरहरैंचा–१२ का २० वर्षीय पृतम बजगाईं र स्कुटर पछाडि [...] The post टिपरको ठक्करबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

Jun 19, 2025 - 14:57
 0
टिपरको ठक्करबाट एक जनाको मृत्यु

झापा, ५ असार । मोरङ विराटनगर महानगरपालिका–३ भित्रि सडक खण्डमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

असार ४ गते दिउँसो को १ क ९५३ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०१–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक मोरङ सुन्दरहरैंचा–१२ का २० वर्षीय पृतम बजगाईं र स्कुटर पछाडि सवार ५० वर्षीय सुशील बजगाईंलाई तत्काल उपचारका लागि विराट टिचिङ्ग अस्पताल लगिएकोमा पछाडि सवार सुशील बजगाईंलाई चिकित्सकले चेकजाँचको क्रममा मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न टिपर चालक मोरङ कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कुलदिप चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

The post टिपरको ठक्करबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register