झापामा गन्धर्व समुदायको सांस्कृतिक उत्थानका लागि सहयोग

बनियानी, २१ माघ । झापाको कचनकवलमा रहेको गन्धर्व समुदायको सांस्कृतिक उत्थानका लागि कोशी प्रदेश सरकारलेरू सात लाख बराबरको विभिन्न सामग्री प्रदान गरेको छ । झापाको कचनकवल गाउँपालिका–२ स्थित पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजले निर्माण गरेको संग्रहालयका लागि कोशी प्रदेश सरकारले रू सात लाख बराबरको बाजागाजा तथा संगीत उपकरणहरू प्रदान गरेको हो । प्रदेश सरकारको सामाजिक [...] The post झापामा गन्धर्व समुदायको सांस्कृतिक उत्थानका लागि सहयोग appeared first on Jhapa Online.

Feb 3, 2025 - 09:04
 0
झापामा गन्धर्व समुदायको सांस्कृतिक उत्थानका लागि सहयोग

बनियानी, २१ माघ । झापाको कचनकवलमा रहेको गन्धर्व समुदायको सांस्कृतिक उत्थानका लागि कोशी प्रदेश सरकारलेरू सात लाख बराबरको विभिन्न सामग्री प्रदान गरेको छ ।

झापाको कचनकवल गाउँपालिका–२ स्थित पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजले निर्माण गरेको संग्रहालयका लागि कोशी प्रदेश सरकारले रू सात लाख बराबरको बाजागाजा तथा संगीत उपकरणहरू प्रदान गरेको हो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगत प्रदान गरिएको पञ्चेबाजा, विद्युतीय वाद्यवादन यन्त्रहरू, सारङ्गी, हार्मोनियम, ढोलक, गिटार लगायतका उपकरण आइतबार साँझ प्राप्त भएको समाजका अध्यक्ष रविन गन्धर्वले जानकारी दिनुभयो ।

सांस्कृतिक उत्थान, कला संरक्षण र समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यले मन्त्रालयले ती सामग्री प्रदान गरेको उहाँले बताउनुभयो ।

“यो सहयोगले गन्धर्व समुदायका नयाँ पुस्ताहरूलाई आधुनिक र परम्परागत संगीतको प्रशिक्षण प्रदान गर्दै आफ्नै संस्कृति भित्रै स्वरोजगार बन्ने अवसर मिल्नेछ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको सहयोगप्रति आभारी छौं ।”

गन्धर्व समुदायको सांस्कृतिक पहिचानलाई पुनःजागृत गर्न राज्यबाट प्राप्त सहयोगले टेवा पुग्ने उहाँको भनाइ छ । “हाम्रा सन्तानले आफ्नो कलालाई निखारेर जीवनयापन गर्न सक्नेछन्”, अध्यक्ष गन्धर्वले भन्नुभयो ।

The post झापामा गन्धर्व समुदायको सांस्कृतिक उत्थानका लागि सहयोग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register