राइनास नगरपालिकाद्धारा ६ जना उत्कृष्ट कृषक सम्मानित

लमजुङ।  पूर्वी लमजुङको राइनास नगरपालिकाले पालिका भित्रका ६ जना किसानलाई सम्मान गरेको छ । नगरपालिकाले प्रत्येक वर्ष उत्कृष्ट किसान छनौट गरी नगदसहित सम्मान गर्ने गरेको छ । नगरप्रमुख उत्कृष्ट कृषक सम्मान कार्यक्रम अन्तर्गत यसवर्ष पनि व्यावसायिक पशुपालन तथा कृषि व्यवसाय गर्दै आएका किसानहरु सम्मानित भएका छन् । नगरपालिकाले एक जनालाई सर्वोउत्कृष्ट र पाँच जनालाई उत्कृष्ट […]

Jun 24, 2025 - 16:50
 0
राइनास नगरपालिकाद्धारा ६ जना उत्कृष्ट कृषक सम्मानित

लमजुङ। 

पूर्वी लमजुङको राइनास नगरपालिकाले पालिका भित्रका ६ जना किसानलाई सम्मान गरेको छ । नगरपालिकाले प्रत्येक वर्ष उत्कृष्ट किसान छनौट गरी नगदसहित सम्मान गर्ने गरेको छ । नगरप्रमुख उत्कृष्ट कृषक सम्मान कार्यक्रम अन्तर्गत यसवर्ष पनि व्यावसायिक पशुपालन तथा कृषि व्यवसाय गर्दै आएका किसानहरु सम्मानित भएका छन् ।

नगरपालिकाले एक जनालाई सर्वोउत्कृष्ट र पाँच जनालाई उत्कृष्ट किसानको रुपमा छनौट गरी सम्मान गरेको छ । जसमध्ये राइनास नगरपालिका वडा नं. १ का टेकवहादुर गुरुङ सर्वोउत्कृष्ट कृषकको रुपमा सम्मानित भएका छन् । अकबरे खुर्सानी, अदुवा खेती र तरकारी खेती गर्दै आएका  गुरुङलाई सम्मान स्वरुप दोसल्ला ओढाएर २५ हजार रुपैयाँ  र सम्मानपत्र प्रदान गरिएको छ ।

उत्कृष्ट किसानको रुपमा तरकारी तथा फलफूल खेती गर्दै आएका वडा नं. ५ तिनपिप्लेका लक्ष्मी कृषि फर्म सञ्चालक लक्ष्मीप्रसाद भट्ट, गाई पालन व्यवसाय गर्दै आएका वडा नं. ६ का अमल राज विसुराल, माछा पालन व्यवसायमा आवद्ध वडा नं. ७ का टुकवहादुर घले  रहेका छन् ।

यसैगरी राइनास ९ मा बाख्रा पालन व्यवसाय गर्दै आएकी लक्ष्मी थापा र मसलाबाली टिमुर खेती सँगै मौरी पालन व्यवसायमा आवद्ध राइनास १० बावुराम न्यौपानेलाई सम्मान गरिएको छ । उत्कृष्ट कृषकको रुपमा सम्मानित हुने पाँच जना किसानलाई दोसल्ला ओढाएर, सम्मान पत्र र नगद १५ हजार रुपैया प्रदान गरिएको राइनास नगरपालिकाले जनाएको छ । नगरपालिकाको प्रशसाकीय भवन उद्घाटन समारोहमा नगरप्रमुख खड्गबहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले संयुक्त रुपमा कृषकहरुलाई सम्मान गरेका हुन् ।

कृषि तथा पशुपालनको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि कृषि क्षेत्रमा काम गर्न थप प्रोत्साहन गर्ने उद्देश्यले किसानहरुलाई सम्मान गरिएको नगरप्रमुख खड्गबहादुर गुरुङले बताए । कृषक सम्मानले व्यवसायलाई निरन्तरता दिन र गैह्र कृषकहरुलाई पनि कृषि व्यवसायमा जोड्न प्रोत्साहित गर्ने अपेक्षा लिइएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register