मनहरा खोलामा हाम फालेका युवकको सकुशल उद्वार

काठमाडौं । ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित मनहरा खोलामा हाम फालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । नुवाकोट घर भई पुनर्जिवन अस्पताल बालकुमारी ललितपुरमा उपचार भईरहेका १८ वर्षिय आयुष बडाल असार ११ गते बुधबार बिहान करीव ६ः४० बजे मनहरा खोलामा हाम फालेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकालि गण ललितपुरबाट […]

Jun 25, 2025 - 04:57
 0
मनहरा खोलामा हाम फालेका युवकको सकुशल उद्वार

काठमाडौं ।

ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित मनहरा खोलामा हाम फालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । नुवाकोट घर भई पुनर्जिवन अस्पताल बालकुमारी ललितपुरमा उपचार भईरहेका १८ वर्षिय आयुष बडाल असार ११ गते बुधबार बिहान करीव ६ः४० बजे मनहरा खोलामा हाम फालेका थिए ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकालि गण ललितपुरबाट नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्वार गरेको हो ।उद्वार गरिएका उनको अवस्था भने सामान्य रहेको छ । हाल उनी मेन्टल सम्बन्धी विरामी भई सो अस्पतालमा उपचारत रहेको बताईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register