बुटवल र भैरहवामा टोटलएनर्जीको निःशुल्क सर्भिस क्याम्प

काठमाडौं । लुब्रिकेन्ट ब्रान्ड TotalEnergies का लागि अधिकृत वितरक लक्ष्मी ल्युब आयल प्रालिले पहिलोपटक काठमाडौं उपत्यकाबाहिर निःशुल्क सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनका लागि छुट्टाछुट्टै गरि आयोजना गरिने क्याम्प बुटवल र भैरहवामा सञ्चालन हुनेछ । सवारीधनीहरूलाई सवारी मर्मत र इञ्जिनको दीर्घकालीन स्वास्थ्यका बारेमा जानकारी दिनुका साथै स्थानीय मिस्त्री तथा […]

Jun 25, 2025 - 09:57
 0
बुटवल र भैरहवामा टोटलएनर्जीको निःशुल्क सर्भिस क्याम्प

काठमाडौं । लुब्रिकेन्ट ब्रान्ड TotalEnergies का लागि अधिकृत वितरक लक्ष्मी ल्युब आयल प्रालिले पहिलोपटक काठमाडौं उपत्यकाबाहिर निःशुल्क सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।

दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनका लागि छुट्टाछुट्टै गरि आयोजना गरिने क्याम्प बुटवल र भैरहवामा सञ्चालन हुनेछ । सवारीधनीहरूलाई सवारी मर्मत र इञ्जिनको दीर्घकालीन स्वास्थ्यका बारेमा जानकारी दिनुका साथै स्थानीय मिस्त्री तथा ग्राहक समुदायसँगको सम्बन्ध मजबुत बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

चारपाङ्ग्रे सवारीका लागि सर्भिस क्याम्प असार १२ र १३ गते (जुन २६ र २७) मा बुटवलको एडभान्स अटो केयर मा आयोजना हुनेछ भने दुईपाङ्ग्रे सवारीका लागि क्याम्प असार १९ र २० गते (जुलाई ३ र ४, २०२५) भैरहवाको धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्स मा सञ्चालन गरिनेछ । दुवै क्याम्प बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने कम्पनीले जना‍एको छ ।

क्याम्पमा सहभागी हुनेहरूले आफ्नो सवारी साधनको निःशुल्क इञ्जिन स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । साथै, TotalEnergies ब्रान्डका गुणस्तरीय लुब्रिकेन्टबारे जानकारी दिइने र इञ्जिन मर्मत, उचित लुब्रिकेन्ट प्रयोग तथा बिक्रीपछिको सेवा सम्बन्धी सुझाव पनि प्रदान गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register