ट्रम्पको ‘अन्तिम’ चेतावनी : सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै सदस्य सुरक्षित रहने छैनन्
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइको विषयमा हमासलाई ’अन्तिम चेतावनी’ दिएका छन् । उनले सामाजिक सञ्जालमार्फ सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने चेतावनी दिएका हुन् । ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु । यदि हमासले मेरो कुरा मानेनन् भने उनीहरूका एकजना पनि […]

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइको विषयमा हमासलाई ’अन्तिम चेतावनी’ दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फ सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने चेतावनी दिएका हुन् ।
‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु । यदि हमासले मेरो कुरा मानेनन् भने उनीहरूका एकजना पनि सदस्य सुरक्षित हुने छैनन्,’ ट्रम्पले ट्रुथमा लेखेका छन् ।
यद्यपि उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदैछन् भनेर स्पष्ट पारेका छैनन् ।
ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पको यस्तो चेतावनी आएको हो ।
‘यदि बन्धकहरूलाई रिहा गरिएन भने हमासले ठूलो मूल्य चुकाउनेछ,’ उनले थपेका छन्, ‘त्यसैले सबै बन्धकलाई अहिले नै रिहा गर, पछि होइन । तिमीहरूले हत्या गरेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र राम्रो हुने छैन ।’ यो तिमीहरूलाई अन्तिम चेतावनी हो । हमास नेतृत्वले गाजा छोड्ने समय आएको छ, यो बुझ्नु ।’
ट्रम्पको यो चेतावनी ह्वाइट हाउसमा हालै युद्धविरामअन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो ।
अमेरिकी संसद्मा ट्रम्पको सम्बोधन : विपक्षी सिनेटरलाई निकालियो, यी हुन् १० महत्त्वपूर्ण कुरा
What's Your Reaction?






