बेजोस र सान्चेजको विवाहले भेनिसमा सेलिब्रेटीको भीड, स्थानीयको विरोध

काठमाडौं । अमेजनका संस्थापक तथा अर्बपति जेफ बेजोस र पूर्व पत्रकार लोरेन सान्चेजको वैवाहिक समारोह यो साता इटालीको भेनिसमा भव्य रूपमा हुँदैछ । मुख्य विवाह कार्यक्रम गोप्य स्थानमा आयोजना हुने भएपनि बिहीबारदेखि नै भेनिसमा सुरु भएको पूर्वकार्यक्रममा विश्वप्रसिद्ध हस्तीहरूको बाक्लो उपस्थिति देखिएको छ । बिहीबार साँझ म्याडोना डेल ओर्तो नामक १४औं शताब्दीको ऐतिहासिक चर्चमा आयोजित […]

Jun 27, 2025 - 06:00
 0
बेजोस र सान्चेजको विवाहले भेनिसमा सेलिब्रेटीको भीड, स्थानीयको विरोध

काठमाडौं । अमेजनका संस्थापक तथा अर्बपति जेफ बेजोस र पूर्व पत्रकार लोरेन सान्चेजको वैवाहिक समारोह यो साता इटालीको भेनिसमा भव्य रूपमा हुँदैछ ।

मुख्य विवाह कार्यक्रम गोप्य स्थानमा आयोजना हुने भएपनि बिहीबारदेखि नै भेनिसमा सुरु भएको पूर्वकार्यक्रममा विश्वप्रसिद्ध हस्तीहरूको बाक्लो उपस्थिति देखिएको छ ।

बिहीबार साँझ म्याडोना डेल ओर्तो नामक १४औं शताब्दीको ऐतिहासिक चर्चमा आयोजित कार्यक्रमका लागि चलचित्र, टेलिभिजन र व्यापार क्षेत्रका ठूला नामहरू भेनिसमा उत्रिएका थिए । आमन्त्रण प्राप्त करिब २०० अतिथिमध्ये ओप्रा विन्फ्रे, लिओनार्डो डिक्याप्रियो, अर्लान्डो ब्लुम, किम कार्डासियन र टम ब्र्याडीजस्ता चर्चित व्यक्तिहरूको उपस्थिति देखिएको छ ।

यति ठूला व्यक्तित्वहरूको एक्कासी आगमनसँगै स्थानीय समुदायमा असन्तुष्टि देखिएको छ । “नो स्पेस फर बेजोस” नामक अभियान सञ्चालन गर्दै भेनिसका केही बासिन्दाले प्रदर्शन गरेका छन् । उनीहरूका अनुसार यस्ता कार्यक्रमले पर्यटक भीड, घरभाडा वृद्धि र जीवनयापन खर्चमा अस्वाभाविक वृद्धि गरिरहेको छ ।

त्यसो त ६१ वर्षीय बेजोस र ५५ वर्षीया सान्चेज दुवैको यो दोस्रो विवाह हो । बेजोसको म्याकेन्जी स्कटसँग सन् २०१९ मा सम्बन्धविच्छेद भएको थियो भने सान्चेजको पहिलो विवाह प्रतिभा व्यवस्थापन कम्पनी एन्डेभरका कार्यकारी अध्यक्ष प्याट्रिक ह्वाइटसेलसँग भएको थियो, जसको सम्बन्धविच्छेद सन् २०१९ मै भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register