महोत्तरीमा टिपरको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । महोत्तरीको बर्दिबास–जलेश्वर सडक खण्डमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।मृतक लोहारपट्टी नगरपालिका–१ बगराका १७ वर्षीय नीतिश भगत हुन्। मोटरसाइकल चालक नीतिशको बर्दिबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।पछाडि सवार जनकपुरधाम–४ का ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते भएका छन् र हाल जनकपुरस्थित न्यूरो अस्पतालमा उपचाररत […]

Jun 30, 2025 - 04:14
 0
महोत्तरीमा टिपरको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं ।

महोत्तरीको बर्दिबास–जलेश्वर सडक खण्डमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।मृतक लोहारपट्टी नगरपालिका–१ बगराका १७ वर्षीय नीतिश भगत हुन्। मोटरसाइकल चालक नीतिशको बर्दिबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।पछाडि सवार जनकपुरधाम–४ का ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते भएका छन् र हाल जनकपुरस्थित न्यूरो अस्पतालमा उपचाररत छन्।

टिपर र मोटरसाइकल दुवै जलेश्वरतर्फ गइरहेका बेला टिम्कीया भन्ने स्थानमा प्रदेश २–०३–००१ क १३९१ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।टिपर चालक सिन्धुलीका ४६ वर्षीय सन्तलाल माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register