बिर्तामोड–८ देउनिया खोलामा बिश्रान्ती घाटको निर्माण शुरु

झापा, ११ जेठ । झापाको बिर्तामोड–८ स्थित देउनिया खोलामा बिश्रान्ती घाट निर्माण शुरु गरिएको छ । कोशी प्रदेश सरकारका खानेपानी, सिञ्चाई तथा ऊर्जामन्त्री एकराज कार्कीले एक कार्यक्रमका बीच बिश्रान्ती घाटको शिलान्यास गर्नुभएको छ । डीपीआर तयार गरी करिब दुई करोड रुपैयाँको लागतमा विश्रान्ती घाट, स्नान घर, मलामी घर, बगैंचा लगायतका संरचनासहित धार्मिक एवम् पर्यटकीयस्थल निर्माण [...] The post बिर्तामोड–८ देउनिया खोलामा बिश्रान्ती घाटको निर्माण शुरु appeared first on Jhapa Online.

May 25, 2025 - 08:06
 0
बिर्तामोड–८ देउनिया खोलामा बिश्रान्ती घाटको निर्माण शुरु

झापा, ११ जेठ । झापाको बिर्तामोड–८ स्थित देउनिया खोलामा बिश्रान्ती घाट निर्माण शुरु गरिएको छ ।

कोशी प्रदेश सरकारका खानेपानी, सिञ्चाई तथा ऊर्जामन्त्री एकराज कार्कीले एक कार्यक्रमका बीच बिश्रान्ती घाटको शिलान्यास गर्नुभएको छ । डीपीआर तयार गरी करिब दुई करोड रुपैयाँको लागतमा विश्रान्ती घाट, स्नान घर, मलामी घर, बगैंचा लगायतका संरचनासहित धार्मिक एवम् पर्यटकीयस्थल निर्माण गरिने बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीले बताउनुभयो ।

विश्रान्ती घाटको शिलान्यास गर्दै मन्त्री कार्कील प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । उहाँले प्रदेश सरकारको बजेट बैंकमा सो योजना पारेर क्रमागत रुपमा बजेट दिएर भए पनि पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले नीति नियमले मिलेसम्म आफ्नो पालिकाका तर्फबाट सहयोग गर्ने आश्वासन दिनुभयो । शिलान्यास कार्यक्रममा वडाध्यक्ष अजय कार्की र उनका श्रीमती कल्पना कार्कीले घाट निर्माणका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको छ ।

त्यस्तै, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उनले धार्मिक एवम् पर्यटकीय स्थललाई साकार पार्न सफल योजनाकारको जरुरी भएको बताउनुभयो ।

The post बिर्तामोड–८ देउनिया खोलामा बिश्रान्ती घाटको निर्माण शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register