बिर्तामोड रेडक्रसले घुम्ती रक्त संकलन बाहनको खोजी गर्ने

बिर्तामोड, ११ चैत । रक्तदानका लागि सहजता ल्याउने उद्देश्यले घुम्ती रक्त संकलन बाहनको खोजी गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडले रक्तदानका लागि सबैलाई पायक पर्ने सार्वजनिकस्थल एसियन हाइवे विस्तारसँगै प्रभावित हुने देखिएपछि उपशाखा घुम्ती रक्त संकलन बाहन खोजीको योजना अघि बढाउने भएको हो । उक्त कार्यका लागि उपशाखाका अध्यक्ष मनोज अग्रवाललाई बैठकले [...] The post बिर्तामोड रेडक्रसले घुम्ती रक्त संकलन बाहनको खोजी गर्ने appeared first on Jhapa Online.

Mar 24, 2025 - 02:08
 0
बिर्तामोड रेडक्रसले घुम्ती रक्त संकलन बाहनको खोजी गर्ने

बिर्तामोड, ११ चैत । रक्तदानका लागि सहजता ल्याउने उद्देश्यले घुम्ती रक्त संकलन बाहनको खोजी गरिने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडले रक्तदानका लागि सबैलाई पायक पर्ने सार्वजनिकस्थल एसियन हाइवे विस्तारसँगै प्रभावित हुने देखिएपछि उपशाखा घुम्ती रक्त संकलन बाहन खोजीको योजना अघि बढाउने भएको हो ।

उक्त कार्यका लागि उपशाखाका अध्यक्ष मनोज अग्रवाललाई बैठकले जिम्मेवारी दिएको उपसचिव रंगलाल न्यौपानेले जानकारी दिनुभयो । बिर्तामोडको मुक्तिचोक नजिकै रहेको दुर्गा मन्दिर हाइवे विस्तारका क्रममा भत्किने निश्चित भएपछि रक्तदानका लागि पायक पर्ने सार्वजनिक स्थलको पनि खोजीका लागि कार्यसमिति सदस्य मिजास पोखरेललाई संयोजक तोकेर जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, रक्तदानका लागि आवश्यकीय भौतिक सामग्रीको खोजीका लागि उपशाखाका सचिव निरज ओलीको संयोजकत्वमा कार्यसमितिका सदस्यहरु सहितको समिति बनाइएको छ भने बैठकले उपशाखाको सल्लाकारमा गोपालकुमार बस्नेत, बेदप्रकाश अग्रवाल, राजकुमार पोखरेल, बिनोद बस्नेत र अर्चना थापालाई मनोनयन गरेको छ ।

त्यस्तै, बिर्तामोडमा प्राथमिक उपचार तालिम सञ्चालनका लागि उपशाखाका निर्वमान सभापति सजेस शिवाकोटीलाई संयोजकको जिम्मेवारी दिएको छ भने कार्यसमिति सदस्य रेजिना गौतम र राजेन्द्र चौंलागाईंलाई सञ्चार संयोजनको जिम्मेवारी दिइएको छ । सो क्रममा अस्वस्थ्यका कारण पदस्थापनमा उपस्थित हुन नसकेकी उपशाखा उपाध्यक्ष शिला भट्टराईलाई निवर्तमान सभापति शिवाकोटीले सपथ ग्रहण गराउनु भएको थियो ।

The post बिर्तामोड रेडक्रसले घुम्ती रक्त संकलन बाहनको खोजी गर्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register