आचार्यले म्यारिज एनिभर्सरीमा नेपालका असहायलाई गरे सहयोग

लन्डन । लन्डनवासी समाजसेवी अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष एवं नेपलिज सेफ एसोसिएसन यूके र पर्वत वेलफेयर सोसाइटी यूकेका पूर्व अध्यक्ष दधि आचार्यले आफ्नो बिहे एनिभर्सरीको उपलक्ष्यमा नेपालका असहायलाई आर्थिक सहयोग गरेका छन् । आचार्यले अपांग सेवा केन्द्रमा आश्रय लिइरहेका सबैका लागि खाना प्रवन्धसहित नगद २० हजार रुपैयां र नेपाल स्नेही काख नामक संस्थालाई ३१ […]

Jul 1, 2025 - 22:12
 0
आचार्यले म्यारिज एनिभर्सरीमा नेपालका असहायलाई गरे सहयोग

लन्डन । लन्डनवासी समाजसेवी अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष एवं नेपलिज सेफ एसोसिएसन यूके र पर्वत वेलफेयर सोसाइटी यूकेका पूर्व अध्यक्ष दधि आचार्यले आफ्नो बिहे एनिभर्सरीको उपलक्ष्यमा नेपालका असहायलाई आर्थिक सहयोग गरेका छन् ।

आचार्यले अपांग सेवा केन्द्रमा आश्रय लिइरहेका सबैका लागि खाना प्रवन्धसहित नगद २० हजार रुपैयां र नेपाल स्नेही काख नामक संस्थालाई ३१ हजार रुपैयां प्रदान गरेका हुन् । अपांग सेवा केन्द्रकी सञ्चालक माया थामीले दानवीर आचार्यप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।

आफ्नो ३१ औं वैवाहिक वार्षिकोत्सवमा थोरै भएपनि सहयोग गर्न पाउंदा आफूलाई भाग्यमानी ठानेको आचार्यले बताए । आचार्यले विगतमा पनि ति संस्थामा सहयोग गर्दै आएका थिए ।

केही दिनअघिमात्र आचार्यले आफ्नो जन्मदिनमा पवित्र समाज सेवा नेपालमा आश्रित गरिब, असहाय बालबालिका तथा वृद्धवृद्धालाई दिवाभोज प्रवन्ध र आर्थिक सहयोग गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register