लार्के पासजाने क्रममा एक्कासी ढलेका बेलायती नागरिकको मृत्यु

काठमाडौं । लार्के पास चढ्न मनास्लु क्षेत्र पुगेका एक बेलायती नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले बेलायती नागरिक ६१ वर्षीय थोम्सन आयनको मृत्यु भएको जनाएका छन् । लार्के पास जांदा आइतबार बिहान करिब १० बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा उनी एक्कासी ढलेको र सोही स्थानमा उनको मृत्यु […]

Apr 7, 2025 - 01:51
 0
लार्के पासजाने क्रममा एक्कासी ढलेका बेलायती नागरिकको मृत्यु

काठमाडौं । लार्के पास चढ्न मनास्लु क्षेत्र पुगेका एक बेलायती नागरिकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले बेलायती नागरिक ६१ वर्षीय थोम्सन आयनको मृत्यु भएको जनाएका छन् ।

लार्के पास जांदा आइतबार बिहान करिब १० बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा उनी एक्कासी ढलेको र सोही स्थानमा उनको मृत्यु भएको डीएसपी सुवेदीले जनाए ।

हेलीमार्फत प्रहरी घटनास्थल जाने तयारी भएपनि मौसमका कारण आइतबार हेली उडान हुन नसकेको सुवेदीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register