स्कटल्यान्डका तीन ठाउँमा दूतावासको घुम्ती डेस्क, २ सयले लिए सेवा

लन्डन- लन्डनस्थित नेपाली दूतावासले स्कटल्यान्डका विभिन्न तीन क्षेत्र पुगेर घुम्ती डेस्क सञ्चालन गरेको छ। स्कटल्यान्डका एबरडिन, एडिनबरा र ग्लास्गोमा सञ्चालित तीन दिने घुम्ती सेवाबाट करिब २ सय स्थानीय नेपालीले लाभ उठाएका छन्। एनआरएनए स्कटल्यान्डको समन्वय र स्थानीय नेपाली संघसंस्थासमेतको सहयोगमा फेब्रुअरी १ तारिखमा एबरडिन, २ तारिखमा एडिनबरा र तारिखमा ग्लास्गोमा सेवा दिइएको थियो। एबरडिनमा ३५, […]

Feb 4, 2025 - 12:11
 0
स्कटल्यान्डका तीन ठाउँमा दूतावासको घुम्ती डेस्क, २ सयले लिए सेवा

लन्डन- लन्डनस्थित नेपाली दूतावासले स्कटल्यान्डका विभिन्न तीन क्षेत्र पुगेर घुम्ती डेस्क सञ्चालन गरेको छ।

स्कटल्यान्डका एबरडिन, एडिनबरा र ग्लास्गोमा सञ्चालित तीन दिने घुम्ती सेवाबाट करिब २ सय स्थानीय नेपालीले लाभ उठाएका छन्।

एनआरएनए स्कटल्यान्डको समन्वय र स्थानीय नेपाली संघसंस्थासमेतको सहयोगमा फेब्रुअरी १ तारिखमा एबरडिन, २ तारिखमा एडिनबरा र तारिखमा ग्लास्गोमा सेवा दिइएको थियो।

एबरडिनमा ३५, एडिनबरामा ८० र ग्लास्गोमा ७७ जना स्थानीय नेपालीले सेवा लिएको एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डेले नेपालीलिंकलाई जानकारी दिए।

पाण्डेका अनुसार सेवाग्राहीमध्ये अधिकांशले पासपोर्ट नवीकरणको आवेदन भरेका छन् । कतिपयले वारेसनामा, एनआरएनए कार्ड, नयाँ पासपोर्ट, भिसालगायतका सेवा पनि लिएका छन्।

संकलित आवेदनमध्ये दूतावासबाटै पूरा हुने कागजातहरु केही दिनमै हुलाकमार्फत् सेवाग्राहीलाई पठाइनेछ। त्यस्तै, नेपाल पठाउनुपर्ने पासपोर्टसहितका आवेदनहरुका लागि भने एक-डेढ महिना समय लाग्न सक्ने दूतावासले जनाएको छ।

घुम्ती डेस्क लिएर उपनियोग प्रमुख विपिन दुवाडी नेतृत्वको दूतावासको टीम स्कटल्यान्ड पुगेको थियो।

एनआरएनए सकटल्यान्ड अध्यक्ष दिवाकर पाण्डेले स्कटल्यान्डवासी नेपालीका घरदैलोमै पुगेर सेवा दिएकोमा लन्डन दूतावासप्रति आभार प्रकट गरे।

त्यस्तै, दूतावासको घुम्ती डेस्कबाट अधिकतम लाभ उठाउन सहयोग गर्ने सबै स्थानीय संघसंस्था, स्वयमसेवक र सेवाग्राहीलाई पनि उनले धन्यवाद दिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register