बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिला जेल सजाय

काठमाडौँ । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई जेल सजाय सुनाइएको छ । अन्तराष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको हो । उनलाई न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले जेल सजाय सुनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।  हसिनामाथि सन् २०२४ को जुलाईमा भएको जनविद्रोहका क्रममा […]

Jul 2, 2025 - 11:41
 0
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिला जेल सजाय

काठमाडौँ । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई जेल सजाय सुनाइएको छ । अन्तराष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको हो ।

उनलाई न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले जेल सजाय सुनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

हसिनामाथि सन् २०२४ को जुलाईमा भएको जनविद्रोहका क्रममा भएको सामूहिक हत्याको आदेश दिएको आरोप छ उनीमाथि सन् २०२४ को जुलाई र अगस्टमा भएका हिंसात्मक दमनको प्रमुख योजना भएको आरोप लगाइएको छ ।

उनी सन् २०२४ अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएर ढाकास्थित निवास खाली गरेर भारततर्फ प्रस्थान गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register