साम्बाको उत्कृष्ट प्रदर्शनसँगै नेपालद्वारा श्रीलङ्कामाथि गोल वर्षा

झापा, १८ असार । एएफसी महिला एसियन कप छनोट अन्तर्गत उज्बेकिस्तानको राजधानी तास्कन्दमा सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि ८–० को फराकिलो जित हासिल गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । नेपालकी कप्तान सावित्रा भण्डारी ९साम्बा० को उत्कृष्ट प्रदर्शनसँगै नेपालले दोस्रो खेलमा पनि गोल वर्षा गर्‍यो । साम्बाले ह्याट्रिक सहित तीन गोल गरिन्, भने गीता [...] The post साम्बाको उत्कृष्ट प्रदर्शनसँगै नेपालद्वारा श्रीलङ्कामाथि गोल वर्षा appeared first on Jhapa Online.

Jul 2, 2025 - 16:27
 0
साम्बाको उत्कृष्ट प्रदर्शनसँगै नेपालद्वारा श्रीलङ्कामाथि गोल वर्षा

झापा, १८ असार एएफसी महिला एसियन कप छनोट अन्तर्गत उज्बेकिस्तानको राजधानी तास्कन्दमा सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि ८–० को फराकिलो जित हासिल गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।

नेपालकी कप्तान सावित्रा भण्डारी ९साम्बा० को उत्कृष्ट प्रदर्शनसँगै नेपालले दोस्रो खेलमा पनि गोल वर्षा गर्‍यो । साम्बाले ह्याट्रिक सहित तीन गोल गरिन्, भने गीता रानाले दुई गोल तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक–एक गोल गरे ।

नेपालले खेलको सातौँ मिनेटमै अग्रता लिएको थियो—अनिता बस्नेतको कर्नर पासमा गीताले पहिलो गोल गरिन्। त्यसपछि साम्बाले लगातार दोस्रो ९२०औँ मिनेट० र तेस्रो गोल ९४२औँ मिनेट० गर्दै ह्याट्रिक पूरा गरिन्। पेनाल्टीमा गीताले दोस्रो गोल थपेपछि नेपालले सहज अग्रता बनायो।

दोस्रो हाफमा निशा थोकर, रेखा पौडेल र पूजा रानाले गोल थप्दै नेपालको विजय सुनिश्चित गरे। श्रीलङ्काले खेलमा खासै अवसर सिर्जना गर्न सकेन। यसअघि नेपालले लाओसलाई ९–० ले हराएको थियो।

दुई खेलमा ६ अङ्क जोडेको नेपाल शनिबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग भिड्नेछ। लगातार दोस्रो हार व्यहोरेको श्रीलङ्का पहिलो खेलमा उज्बेकिस्तानसँग १०–० ले पराजित भएको थियो।

The post साम्बाको उत्कृष्ट प्रदर्शनसँगै नेपालद्वारा श्रीलङ्कामाथि गोल वर्षा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register