‘बजेटमा सरकारका मन्त्रीहरुले एकलौटी कब्जा गरे’- प्रकाश ज्वाला 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ज्वालाले यस्तो बताएका हुन् ।  उनले मन्त्री र नेताका बुवाआमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको बताएका छन् ।  दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता […]

Jun 16, 2025 - 09:47
 0
‘बजेटमा सरकारका मन्त्रीहरुले एकलौटी कब्जा गरे’- प्रकाश ज्वाला 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ज्वालाले यस्तो बताएका हुन् । 

उनले मन्त्री र नेताका बुवाआमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको बताएका छन् । 

दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहँदा त्यतातिर सरकारले ध्यान नदिएको उनको आरोप छ । उनले कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र विचौलियाहरूले हालीमुहाली गरेको टिप्पणी गरेका छन् । 

त्यस्तै, उनले केन्द्र सरकारमा ३ करोडभन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको बताउँदै बजेट छरपस्ट रूपमा वितरण गरिएको बताएका छन् । बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन नसकेको उनले आरोप लगाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register