शिवसताक्षीका किशोर दुई दिनदेखि बेपत्ता

झापा, ४ जेठ । शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलझिलेका एक किशोर २४ घण्टा लामो समयदेखि बेपत्ता भएका छन् । झिलझिले माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत १६ वर्षीय प्रचिन लुइँटेल आइतबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । परिवारका अनुसार प्रचिन आफ्नी दिदी पुष्पा लुइटेलसँग शनिबार काँकरभिट्टा गएका थिए । पुष्पाले भनिन् ‘शनिबार भएकाले उ स्कूल गएको [...] The post शिवसताक्षीका किशोर दुई दिनदेखि बेपत्ता appeared first on Jhapa Online.

May 18, 2025 - 15:19
 0
शिवसताक्षीका किशोर दुई दिनदेखि बेपत्ता

झापा, ४ जेठ । शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलझिलेका एक किशोर २४ घण्टा लामो समयदेखि बेपत्ता भएका छन् । झिलझिले माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत १६ वर्षीय प्रचिन लुइँटेल आइतबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

परिवारका अनुसार प्रचिन आफ्नी दिदी पुष्पा लुइटेलसँग शनिबार काँकरभिट्टा गएका थिए । पुष्पाले भनिन् ‘शनिबार भएकाले उ स्कूल गएको थिएन । भाइलाई एक्लै घरमा छोड्न भन्दा पनि आफैँसँग लैजान महिले उचिन ठाने । हामी दुवै जना आफन्त भेट्न काकडभिट्टाको बर्मेली टोल गएका थियौँ । घरायसी सामान किन्न म पानी ट्याङ्की जानुअघि भाइलाई ठुलो मम्मिको घरमै छोडेकी थिएँ । फर्केर आउँदा उनी घरमा थिएनन् ।’

ठूलो मम्मीको अनुसार ‘शौचालय जान्छु भनेर घर बाहिर निस्केका थिए । तर त्यसपछि उनी अहिले सम्म सम्पर्कमा आएका छैनन्,’ दिदी पुष्पाले भनिन् । वेपत्ता किशोरका परिवार, अन्य आफन्तले चिनजानका ठाउँ र काँकरभिट्टाका गल्ली–गल्लीसम्म खोजी गरे पनि उनी फेला परेका छैनन् । स्थानीय प्रहरीको सहयोगमा सिसी क्यामेराका फुटेजसमेत हेर्यौ तर किशोरको अत्तोपत्तो नभएको खोजिमा संलग्न आफन्तले बताएका छन् ।

बेपत्ता प्रचिनको खोजीमा परिवारले सञ्चारकर्मी, प्रहरी, कानुन व्यवसायी लगायत आम नागरिकसँग सहयोगको अपिल गरेका छन् । किशोर बेखवर भएपछि आफन्तले इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय झिलझिलेसमेत लिखित उजुरी दिएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले पनि किशोर बेपत्ता भएको पुष्टि गरेको छ । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले भने, ‘हामीले खबर प्राप्त गरेपछि मातहतका सम्पूर्ण प्रहरी इकाइलाई सूचना पठाएका छौं । यतिबेला खोजी कार्य तीव्र पारिएको छ ।’ आफन्तले पनि कुनै कारणले बेखबर भएको भए प्रचिनलाई घर फर्कन अनुरोध गरेका छन् ।

किशोरकी आमाको कारोना संक्रमण भएर मृत्यु भएको थियो । बाबु बैदेशिक रोजगारमा छन् । उनी दिदी पुष्पासँग बस्दै आएका थिए ।

The post शिवसताक्षीका किशोर दुई दिनदेखि बेपत्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register