महोत्तरीको गौशालामा खाल्डोको पानीमा डुबेर एक बालिकको मृत्यु

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मरहा खोलामा क्रसर उद्योगले खनेको खाल्डोको पानीमा डुबेर एक बालिकको मृत्यु भएको छ । गौशाला नगरपालिका १० स्थित मरहा नदी किनारमा खाल्डोमा नुहाउने क्रममा एक ११ वर्षीया बालिकाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–१० स्थित जलिल टोल बस्ने दिनेश मण्डलकी ११ वर्षीया […]

Jul 2, 2025 - 16:26
 0
महोत्तरीको गौशालामा खाल्डोको पानीमा डुबेर एक बालिकको मृत्यु

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मरहा खोलामा क्रसर उद्योगले खनेको खाल्डोको पानीमा डुबेर एक बालिकको मृत्यु भएको छ ।

गौशाला नगरपालिका १० स्थित मरहा नदी किनारमा खाल्डोमा नुहाउने क्रममा एक ११ वर्षीया बालिकाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–१० स्थित जलिल टोल बस्ने दिनेश मण्डलकी ११ वर्षीया छोरी करिणा कुमारी मण्डल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिए ।
बालिका कालिबनी गिट्टी बालुवा प्रशोधन केन्द्रनजिक रहेको मरहा नदी किनारमा नुहाउन गएकी थिइन् ।

सो ठाउँमा क्रसर उद्योगले उत्खनन गरेर छाडेको खाल्डोमा वर्षाको पानी जमेको थियो । नुहाउने क्रममा बालिकाको त्यही खाल्डोमा डुबेकी हुन् । डुबेर गम्भीर अवस्थामा भेटिएपछि बालिकालाई स्थानीयले उद्धार गरेर तत्काल गौशाला प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याका थिए । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृत बालिकाको शव पोस्टमार्टमका लागि बर्दिबास अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register