गणतन्त्रको पक्षमा एमालेको देशव्यापी जागरण र्‍याली

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा माहोल खडा गर्दै जागरण सन्देश दिन सोमबार देशव्यापी जागरण र्‍याली सम्पन्न गरेको छ । देशभरका ७७ वटै जिल्ला सदरमुकाम र प्रमुख शहरहरूमा दिनभरजसो गणतन्त्रका पक्षमा जागरणसभा र मोटरसाइकल र्‍याली गरिएको हो । काठमाडौं उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्‍याली आयोजना गरिएको एमालेका महासचिव […]

Apr 1, 2025 - 02:08
 0
गणतन्त्रको पक्षमा एमालेको देशव्यापी जागरण र्‍याली

काठमाडौं ।
सत्तारुढ दल नेकपा (एमाले) ले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा माहोल खडा गर्दै जागरण सन्देश दिन सोमबार देशव्यापी जागरण र्‍याली सम्पन्न गरेको छ ।

देशभरका ७७ वटै जिल्ला सदरमुकाम र प्रमुख शहरहरूमा दिनभरजसो गणतन्त्रका पक्षमा जागरणसभा र मोटरसाइकल र्‍याली गरिएको हो ।

काठमाडौं उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्‍याली आयोजना गरिएको एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय नभई जनताको बलिदानीपूर्ण संघर्षको उपलब्धि पनि भएकाले त्यसको रक्षाका लागि एमालेले कार्यक्रम गरेको स्पष्ट पार्नुभयो ।

राजावादीको सक्रियता बढेपछि त्यसको प्रतिवाद गर्न एमालेले देशव्यापी अभियानको घोषणा यसअघि नै गरेको थियो । त्यही घोषणाअनुसार सोमबार ¥याली गरिएको हो ।

काठमाडौं तीनकुनेमा एमालेले निकालेको र्‍याली । तस्वीर: अनिल आङदेम्बे

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register