श्रीराम श्रेष्ठको ‘खनियाबास विद्रोह’ पुस्तक लोकार्पण

काठमाडौँ। लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित अनुसन्धानात्मक पुस्तक ‘खनियाबास विद्रोह’ लोकार्पण गरिएको छ । बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेपुस्तक सार्वजनिक गरेका हुन् । नेपाली लेखक संघ नुवाकोटद्वारा प्रकाशित यो कृति तत्कालीन पश्चिम १ नम्बर क्षेत्र (हालको नुवाकोट जिल्ला) अन्तर्गत पर्ने खनियाबासमा घटेको ऐतिहासिक विद्रोहमा आधारित अनुसन्धानात्मक […]

Jun 4, 2025 - 12:00
 0
श्रीराम श्रेष्ठको ‘खनियाबास विद्रोह’ पुस्तक लोकार्पण

काठमाडौँ।

लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित अनुसन्धानात्मक पुस्तक ‘खनियाबास विद्रोह’ लोकार्पण गरिएको छ ।

बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेपुस्तक सार्वजनिक गरेका हुन् ।

नेपाली लेखक संघ नुवाकोटद्वारा प्रकाशित यो कृति तत्कालीन पश्चिम १ नम्बर क्षेत्र (हालको नुवाकोट जिल्ला) अन्तर्गत पर्ने खनियाबासमा घटेको ऐतिहासिक विद्रोहमा आधारित अनुसन्धानात्मक पुस्तक हो।

‘खनियाबास विद्रोह’ पुस्तक श्रेष्ठको २८ औं प्रकाशित कृति हो। श्रेष्ठको नियात्रा, जीवनी संग्रह, कविता, समीक्षा, जापानी र कोरियन साहित्यमा आधारित हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो, सिजोजस्ता विधामा समेत कृतिहरू प्रकाशित छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register