चौथो राइनास कप माघ १ गते देखि

लमजुङ । पूर्वी लमजङको राइनास नगरपालिका ६ धमिलिकुवास्थित गौलिटार क्षेत्रीय खेल मैदानमा यहि माघ १ गतेदेखि राष्ट्रका लागि युवा र युवाका लागि खेलकुद भन्ने मुल नाराका साथ चौथो राइनास कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । राइनास नगरपालिकाको आर्थिक सहयोग र गौलिटार क्षेत्रिय खेलमैदान समितिको आयोजनमा प्रतियोगिता हुन लागिएको हो । प्रतियोगिताको प्रथम पुरस्कार […]

Dec 22, 2024 - 11:43
 0
चौथो राइनास कप माघ १ गते देखि

लमजुङ ।

पूर्वी लमजङको राइनास नगरपालिका ६ धमिलिकुवास्थित गौलिटार क्षेत्रीय खेल मैदानमा यहि माघ १ गतेदेखि राष्ट्रका लागि युवा र युवाका लागि खेलकुद भन्ने मुल नाराका साथ चौथो राइनास कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

राइनास नगरपालिकाको आर्थिक सहयोग र गौलिटार क्षेत्रिय खेलमैदान समितिको आयोजनमा प्रतियोगिता हुन लागिएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद तिन लाख मेडल, कप र प्रमाणपत्र रहेको छ । द्धितिय पुरस्कार नगद एक लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र रहेको छ । त्यसै गरी सेमिफाइनलका दुई टिमलाई ४०-४० हजार र प्रमाणपत्रको व्यवस्था गरिएको गौलिटार क्षेत्रिय खेल मैदान समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालले बताए ।

त्यसैगरी उत्कृष्ट गोलकिप्पर, सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई पुरस्कार स्वरुप सात हजार पाँच सय सहित प्रमाणपत्र प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगिताका प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरी नगद एक हजार सहित मायाको चिनो प्रदान गरिने छ ।

प्रतियोगिताका लागि राइनास नगरपालिकाले ८ लाख रुपैया सहयोग गरेको छ भने संघ संस्था, स्थानीय तथा देशविदेशमा रहेका व्यक्तिहरुले पनि सहयोग गरेका छन् । प्रतियोगितामा सहभागिताका लागि पुस २९ गते पाँच बजे सम्म टिम दर्ता मिति तोकिएको छ भने दर्ता शुल्क १० हजार प्लस दुई हजार तोकिएको छ ।

जिल्लाका कुनाकुनामा रहेका सिमित प्रतिभालाई प्रष्फुटीत गराई राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा पहिचान गराउने मञ्चको रुपमा स्थापित गराउन उक्त प्रतियोगिताको आयोजना गरीएको अध्यक्ष चिलुवालको भनाई छ । अध्यक्ष चिलुवालका अनुसार उक्त प्रतियोगितामा १२ टिम मात्र सहभागि गराईने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register