बेलका नपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

उदयपुर।  उदयपुरको बेलका नगरपालिका ८ मैनामैनीस्थित बोक्ताङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन भएको छ भने पछाडि सवार किशोरी घाईते भएकी छिन् ।  अहिले चर्चित भइरहेको बोक्ताङ गएर फर्कने क्रममा मङ्गलबार राति पौने ७ः०० बजे को ३८ प ९८७ नं. को मोटरसाइकल दुर्घटना हुँदा चालक मोरङको टङ्किसिनवारी गाउँपालिका २ का ३२ वर्षीय अनिल राजवंशीको निधन भएको […]

Jul 10, 2025 - 14:43
 0
बेलका नपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

उदयपुर। 

उदयपुरको बेलका नगरपालिका ८ मैनामैनीस्थित बोक्ताङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन भएको छ भने पछाडि सवार किशोरी घाईते भएकी छिन् । 

अहिले चर्चित भइरहेको बोक्ताङ गएर फर्कने क्रममा मङ्गलबार राति पौने ७ः०० बजे को ३८ प ९८७ नं. को मोटरसाइकल दुर्घटना हुँदा चालक मोरङको टङ्किसिनवारी गाउँपालिका २ का ३२ वर्षीय अनिल राजवंशीको निधन भएको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बोक्ताङबाट फर्कदै गरेको मोटरसाइकल ओरालो कच्ची सडकको घुम्तीमा अनियन्त्रित भई सडकदेखि २५ मिटर तल खसेर दुर्घटनामा परेको छ । दुर्घटनामा परेका चालक राजवंशी रुखमा अड्कििएको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खवर गरेका थिए । 

कोठुस्थित अस्थायी प्रहरी चौकीबाट खटेको टोलीको सहयोगमा उद्धार गरी उपचारार्थ बिराटनगरस्थित बिराट शिक्षण अस्पताल पठाइएका राजवंशीको गएराति नै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए । उनका अनुसार घाईते भएकी पछाडि सवार भोजपुर षडानन्द नगरपालिका ७ की १८ वर्षीया तुलसा कार्कीको उपचार भइरहेको छ । उनी मोटरसाइकल अनियन्त्रित हुँदै गएको थाहा पाएपछि हाम फालेर बाँचेको बताइएको छ । 

केही महिनायता भाइरल बोक्ताङमा आन्तरिक पर्यटकले भीड लाग्ने गरेको छ । उदयपुरका युवाहरुको सहयोगमा प्याराग्लाईडिङ प्रशिक्षण केन्द्र सञ्चालन भइरहेको बोक्ताङमा हिजोआज दैनिक १० हजार हाराहारी आगन्तुकको आउजाउ हुने गरेको छ । 

प्याराग्लाईडिङ पाईलटसमेत रहेका गाईघाटका भूपाल राउतका अनुसार दिनदिनै पर्यटकको रोजाई बन्दै गएको बोक्ताङ मदन भण्डारी लोकमार्गको चतारा रामपुर खण्डदेखि १५ मिनट घुम्ती उकालो कच्ची सडक पार गरेपछि पुगिन्छ ।

कोठुस्थित मदन भण्डारी लोकमार्गको पक्की छाडेर कच्ची सडक पछ्याउँदै मैनामैनीतर्फ जाँदा पुगिने बोक्ताङ आकर्षक, हरियालीयुक्त र टाढाटाढाको दृष्याबलोकन गर्न सकने रमणीय ठाउँ हो । चिसो हावा वहिरहने, प्याराग्लाईडिङ गर्ने पर्यटक आईरहने तथा सप्त नदी (कोशी) धरान, इटहरी, विराटनगर र मदन भण्डारी लोकमार्गको नागबेली सडक देख्न पाइने भएकाले पर्यटकको मन लोभ्याउने गरेको राउत बताउँछन् । 

पछिल्लो समय हरेक शुक्रबार र शनिबार बोक्ताङ भरिभराउ हुने गरेको छ । अन्य बार सामान्य भए आउजाउ हुने गरेको बोक्ताङमा रैथाने फलफूल, अन्नबालीको खपत ह्वात्तै बढेको छ भने अन्य व्यापार व्यवसाय पनि फस्टाएको स्थानीयहरु बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register