नेपाल इभि युगमा गइसक्योः यातायात मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल इभीको युगमा प्रवेश गरिसकेको बताएका छन् । महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री दहालले यस्तो बताएका हुन् । उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपालपछि नै रहेपनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताएका छन् । उनले दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुवात गरिसकेकाले अब […]

Jul 16, 2025 - 09:26
 0
नेपाल इभि युगमा गइसक्योः यातायात मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल इभीको युगमा प्रवेश गरिसकेको बताएका छन् । महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री दहालले यस्तो बताएका हुन् । उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपालपछि नै रहेपनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताएका छन् ।

उनले दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुवात गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने पनि दाबी गरे । 

मन्त्री दाहालका अनुसार पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग र उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । उनले मुलुकलाई संघीय संरचनामा लगेपछि कतिपय दुबिधा देखिएको बताए । दाहालका अनुसार संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन् । यसमा संघले समन्वय गरेर दुबिधा हटाउन खोजिरहेको छ । मन्त्री दाहालका अनुसार ड्राइभिङ लाइसेन्सको समस्या हल भएको छ । 

उनले आफू मन्त्री भएर आएपछि अनवरत प्रयत्न गरेर समस्या हल गरेको बताएका छन् । अब लाइसेन्स दिने काम प्रदेशको भएकाले साउन १ देखि प्रदेशले नै दिने उनको भनाइ छ । उनका अनुसार दिगो भरपर्दो वातावरणमैत्री सडक बनाउन सरकार लागिरहेको छ । अहिले विश्व बैंक, एडीबी, जाइकाको सहयोगमा सडक पूर्वाधार बनिरहेको उनको भनाई छ ।

त्यस्तै, अब सार्वजनिक गाडीहरुमा क्यासलेस सिस्टम लागू गर्नुपर्ने मन्त्री दाहालले बताएका छन् । साना गाडीहरु विस्थापन गर्ने नीति सरकारको रहेको उनको भनाई छ । मन्त्री दाहालले नेपाल सरकारले जामलाई कसरी व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै यातायात व्यवसायीहरुसँग बसेर यातायातका समस्याका बारेमा छलफल गर्न आफू तयार रहेको पनि बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register