एसिया कप : एउटै समूहमा भारत र पाकिस्तान, हुनसक्छ तीनपटक भिडन्त

काठमाडौं । एसियाली क्रिकेट परिषद् (एसीसी) ले एसिया कप २०२५ को तालिका सार्वजनिक गरेको छ । भारतको आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा एसिया कपका खेलहरू हुँदैछ । यसपटक प्रतियोगिता टी-२० ढाँचामा खेलाइनेछ र सेप्टेम्बर ९ मा सुरु हुनेछ भने फाइनल सेप्टेम्बर २८ मा हुनेछ । भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । दुवै […]

Jul 27, 2025 - 07:31
 0
एसिया कप : एउटै समूहमा भारत र पाकिस्तान, हुनसक्छ तीनपटक भिडन्त

काठमाडौं । एसियाली क्रिकेट परिषद् (एसीसी) ले एसिया कप २०२५ को तालिका सार्वजनिक गरेको छ ।

भारतको आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा एसिया कपका खेलहरू हुँदैछ । यसपटक प्रतियोगिता टी-२० ढाँचामा खेलाइनेछ र सेप्टेम्बर ९ मा सुरु हुनेछ भने फाइनल सेप्टेम्बर २८ मा हुनेछ ।

भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । दुवै टोलीले सेप्टेम्बर १४ मा एकअर्कासँग खेल्नेछन् । यदि भारत र पाकिस्तान फाइनलमा पुगे भने दुई टोलीबीच थप दुई खेल हुनसक्छ ।

यदि दुवै टोली सुपर फोरमा पुगे भने त्यहाँ अर्को खेल (सम्भवतः सेप्टेम्बर २१ मा) हुनेछ र दुवै फाइनलमा पुगेमा उपाधिका लागि भिड्नेछन् । तर, एसिया कपको इतिहासमा आजसम्म भारत र पाकिस्तानबीच फाइनल खेल भएको छैन ।

प्रतियोगितामा दुवै समूहका शीर्ष दुई-दुई टोली सुपर फोर चरणमा प्रवेश गर्नेछन् । सुपर फोरबाट पनि शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् ।

यो प्रतियोगिताको आधिकारिक आयोजक भारत हो । तर, भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण दुई देशका क्रिकेट बोर्डबीच भएको सम्झौताअनुसार एक-अर्काको देशमा हुने प्रतियोगिता तटस्थ स्थानमा खेलाइनेछ । यसैकारण भारतले आयोजना गर्ने भए पनि खेलहरू यूएईमा हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेल सेप्टेम्बर ९ मा बंगलादेश र हङकङबीच हुनेछ ।

तस्वीर स्रोत – एसीसी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register