सिन्धुलीमा लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ

सिन्धुली।  सिन्धुलीमा मंगलवार झन्डै २८ ग्राम लागूऔषध खैरो हिरोइनसहित चार जना पक्राउ परेका छन् । कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टबाट दुई भारतीय नागरिक सहित चार जनालाई प्रहरीले नियन्त्रण लिएको हो । भारत विहार राज्य खजुरवाड जोगवनी वडा नं. ५ बस्ने अन्दाजी ३० बर्षका मोहम्मद रिजवान र सोही ठाउँका ३५ बर्षका मोहम्मद इकरारको साथबाट लागुऔषध खैरो […]

Jul 30, 2025 - 16:44
 0
सिन्धुलीमा लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ

सिन्धुली। 

सिन्धुलीमा मंगलवार झन्डै २८ ग्राम लागूऔषध खैरो हिरोइनसहित चार जना पक्राउ परेका छन् । कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टबाट दुई भारतीय नागरिक सहित चार जनालाई प्रहरीले नियन्त्रण लिएको हो ।

भारत विहार राज्य खजुरवाड जोगवनी वडा नं. ५ बस्ने अन्दाजी ३० बर्षका मोहम्मद रिजवान र सोही ठाउँका ३५ बर्षका मोहम्मद इकरारको साथबाट लागुऔषध खैरो हिरोइन ११ दशमलव ५०० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टबाट मंगलवार नै काठमाडौँ  बुढानीलकण्ठ नगरपालिका १ बस्ने अन्दाजी ३५ बर्षका सरोज बास्तोला र सर्लाहीको ईश्वरपुर नगरपालिका १४ का अशोक हिङ्ममाङको साथबाट १६ दशमदब ४०० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको कार्यालयले जनाएको छ । 

पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिन्धुलीबाट थुनामा राखी अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register