राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव माग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ को मस्यौदामा सुझाव मागेको छ । आयोगले राजनीतिक दलहरूसहित सरोकारवालाहरूलाई साउन २२ गतेसम्म राय दिन आह्वान गरेको हो । प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दलहरूको आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन कार्यविधि तयार गरिएको हो । मस्यौदामा ९ वटा मूल्यांकन क्षेत्र निर्धारण गरिएको छ, जसमा […]

Jul 31, 2025 - 06:26
 0
राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव माग

काठमाडौं ।

निर्वाचन आयोगले राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ को मस्यौदामा सुझाव मागेको छ । आयोगले राजनीतिक दलहरूसहित सरोकारवालाहरूलाई साउन २२ गतेसम्म राय दिन आह्वान गरेको हो ।

प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दलहरूको आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन कार्यविधि तयार गरिएको हो ।

मस्यौदामा ९ वटा मूल्यांकन क्षेत्र निर्धारण गरिएको छ, जसमा कानूनी पालना, रणनीति निर्माण, वित्तीय पारदर्शिता, समावेशी संरचना र सुधारका पक्ष समावेश छन् । स्वमूल्यांकनपछि दलले प्रतिवेदन आयोगमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register