महिलालाई व्यवसायी बनाउन सौन्दर्यकलाको सिपमूलक तालिम

म्याग्दी। ग्रामीण भेगका महिलाहरुलाई पेशा तथा व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यसहित म्याग्दीमा महिलाहरुलाई सौन्दर्यकलाको सिपमूलक तालिम दिइएको छ । तालिममार्फत सिप सिकाएर व्यवसायी बनाउनको लागि उनीहरुलाई लक्षित गरेर सौन्दर्यकला सम्बन्धी विषयमा तालिम प्रदान गरिएको हो । शिवालय सामुदायिक सिकाइ केन्द्र सिङ्गाको १२औं वार्षिक साधारणसभाको अवसरमा महिलाहरुलाई ४५ दिनसम्म सौन्दर्यकलाको डिप्लोमा विषयक तालिम सञ्चालन गरिएको थियो […]

Feb 6, 2025 - 11:02
 0
महिलालाई व्यवसायी बनाउन सौन्दर्यकलाको सिपमूलक तालिम

म्याग्दी।

ग्रामीण भेगका महिलाहरुलाई पेशा तथा व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यसहित म्याग्दीमा महिलाहरुलाई सौन्दर्यकलाको सिपमूलक तालिम दिइएको छ । तालिममार्फत सिप सिकाएर व्यवसायी बनाउनको लागि उनीहरुलाई लक्षित गरेर सौन्दर्यकला सम्बन्धी विषयमा तालिम प्रदान गरिएको हो ।

शिवालय सामुदायिक सिकाइ केन्द्र सिङ्गाको १२औं वार्षिक साधारणसभाको अवसरमा महिलाहरुलाई ४५ दिनसम्म सौन्दर्यकलाको डिप्लोमा विषयक तालिम सञ्चालन गरिएको थियो । म्याग्दीको बेनी नगरपालिका–४ नम्बर वडा कार्यालयको समन्वय तथा सहजीकरण र शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा गएको मंसिर अन्तिम सातादेखि सिङ्गामा तालिम सञ्चालन भएको थियो ।

डेढ महिना लामो अवधिसम्म चलेको उक्त तालिम बुधवार सकिएको छ । महिलाहरुलाई सिप सिकाएर पेशा, व्यवसायमा आबद्ध गराउनको लागि सिपमूलक सौन्दर्यकला सम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको बेनी नगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले बताए । सौन्दर्यकला सम्बन्धी तालिममा ३० जना महिलाहरुले सहभागिता जनाएका थिएभने गतवर्ष आधारभूत तालिम लिएका महिलाहरुलाई लक्षित गरी यसवर्ष सौन्दर्यकला सम्बन्धी डिप्लोमा विषयको तालिम सञ्चालन गरिएको थियो ।

तालिमको प्रमुख प्रशिक्षक समेत रहेकी  सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्ष एवं प्रजिया व्युटीपार्लर एण्ड टे«निङ सेन्टर बेनी म्याग्दीका सञ्चालक गंगा थापा कार्कीले तालिमका सहभागीहरुलाई सौन्दर्यकला सम्बन्धी विषयमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा तालिम दिएकी थिइन् । तालिमका सहभागीहरुलाई सैद्धान्तिकसँगै सौन्दर्यकलाका सामग्रीहरुको सहयोगमा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । 


तालिमको समापनसत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले तालिममा सिकेको ज्ञान तथा सिपलाई अब पैसामा कन्भर्ट गरेर आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिए । उनले तालिमपश्चात् सिकेको सिपलाई व्यवहारमा पूर्ण रुपले उतारेर आर्थिक प्रगति हासिल गर्न सहभागीलाई सुझाव दिँदै सिपलाई अब निःशुल्क नभई पैसामा बेच्नुपर्ने र प्राप्त पैसाको बचत गर्नुपर्ने बताए । 

बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले आर्थिक रुपमा सक्षम भएपछि कसैले पनि औंला उठाउन नसक्ने बताउँर्दै महिलाहरुलाई आर्थिक रुपमा सशक्त र बलियो बनाउनको लागि नगरपालिकामार्फत विभिन्न सिपमूलक तालिम र कार्यक्रमहरु सञ्चालन गरिएको बताए । महिला दिदीबहिनीहरुलाई लक्षित गरेर वडा कार्यालय र नगरपालिकाले आयआर्जन तथा सिपमूलक सम्बन्धी विभिन्न विषयमा तालिम र कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जनाएका छन्। 

बेनी नगरपालिकाले महिलाहरुलाई लक्षित गरेर विभिन्न प्रकृतिका तालिमहरु सञ्चालन गर्दै आइरहेको छ । नगरपालिका, विषयगत शाखा र वडा कार्यालयहरुको आयोजना, सहजीकरण, व्यवस्थापन तथा समन्वयमा खासगरी महिलालक्षित कार्यक्रमलाई जोड दिइएको छ । सिपमूलक तालिम तथा कार्यक्रमबाट महिलाहरुलाई आर्थिक उपार्जनमा सशक्त बनाउन र आयआर्जनमा जोड्ने प्रयास थालिएको छ । नगरपालिकाले नगर भित्रका विभिन्न वडाहरुमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register