पाँच संसदीय समितिका बैठक आज, विभिन्न विधेयकमाथि छलफल

काठमाडौं । आज बिहीबार संघीय संसदका पाँच संसदीय समिति बैठक बस्दैछन्। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११: ३० बजे बस्दैछ, जहाँ भूमिसम्बन्धी विधेयकमाथि छलफल हुनेछ। त्यसपछि दिउँसो १ बजे कानुन, न्याय तथा मानवअधिकार समिति र कृषि समितिको संयुक्त बैठक बस्दैछ, जसमा मानव अधिकार कार्ययोजना र कानुन व्यवसायी परिषद् संशोधन विधेयकमाथि छलफल […]

Jul 31, 2025 - 06:41
 0
पाँच संसदीय समितिका बैठक आज, विभिन्न विधेयकमाथि छलफल

काठमाडौं ।

आज बिहीबार संघीय संसदका पाँच संसदीय समिति बैठक बस्दैछन्। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११: ३० बजे बस्दैछ, जहाँ भूमिसम्बन्धी विधेयकमाथि छलफल हुनेछ।

त्यसपछि दिउँसो १ बजे कानुन, न्याय तथा मानवअधिकार समिति र कृषि समितिको संयुक्त बैठक बस्दैछ, जसमा मानव अधिकार कार्ययोजना र कानुन व्यवसायी परिषद् संशोधन विधेयकमाथि छलफल हुनेछ।

राष्ट्रियसभाको सुशासन समितिको बैठक बिहान ११:३० बजे मधेसलगायत क्षेत्रको खानेपानी समस्याबारे छलफल गर्दैछ। राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:०० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग प्रगति र समस्या विषयमा छलफल गर्दैछ। विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १:०० बजे जलस्रोत विधेयकमाथि दफावार छलफल गर्ने कार्यक्रम छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register