उदयपुरमा क्षयरोगी २५८ जना डेंगुका बिरामी २७५ जना

उदयपुर ।  आर्थिक वर्ष २०८१/ ०८२मा उदयपुरमा क्षयरोगका बिरामी २ सय ५८ जना फेला परेका छन भने रेडिज जातको टाटेपाटे लामखुट्टेबाट लाग्ने डेंगुरोग जिल्लामा विगतको तुलनामा घट्दै गएको पाइएको छ । २०८१ फागुनदेखि यता हालसम्म अस्पतालमा र स्वास्थ्य कार्यालयको रेकर्डमा डेंगुबाट बिरामी भएकाहरु उपचारका लागि आएको देखिएको छैन । स्वास्थ्य कार्यालय उदयपुरले आर्थिक वर्ष २०८०।०८१ […]

Jul 31, 2025 - 11:24
 0
उदयपुरमा क्षयरोगी २५८ जना डेंगुका बिरामी २७५ जना

उदयपुर । 

आर्थिक वर्ष २०८१/ ०८२मा उदयपुरमा क्षयरोगका बिरामी २ सय ५८ जना फेला परेका छन भने रेडिज जातको टाटेपाटे लामखुट्टेबाट लाग्ने डेंगुरोग जिल्लामा विगतको तुलनामा घट्दै गएको पाइएको छ । २०८१ फागुनदेखि यता हालसम्म अस्पतालमा र स्वास्थ्य कार्यालयको रेकर्डमा डेंगुबाट बिरामी भएकाहरु उपचारका लागि आएको देखिएको छैन ।

स्वास्थ्य कार्यालय उदयपुरले आर्थिक वर्ष २०८०।०८१ मा १ हजार ३ सय ६३ जनामा रगत परीक्षणबाट डेंगु देखिएको थियो । कुष्ठरोगी १२ जना र कालाजारका १ जना बिरामी फेला परेको छ भने आ.ब ०८१।०८२ को कार्तिक सम्ममा २७५ जनामा डेंगु रोग देखा परेको भएपनि २०८१ मंसिरदेखि हालसम्म अस्पतालमा र स्वास्थ्य कार्यालयमा समेत डेंगुका बिरामी नआएको स्वास्थ्य कार्यालय उदयपुरका अधिकृत छैठोका प्रयोगशाला प्राविधिक लौकाजी राईले बताए । 

स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत (अधिकृत छैठौ तह) उमेश लुइटेलले स्वास्थ्य कार्यालयको सिस्टममा रेकर्ड भएका रोगहरुमा ज्वरो, टाउको दुख्ने ,पिसाब पोल्ने, घाँटी सम्बन्धी समस्या,आन्द्रे जुका, श्वास प्रश्वास,कफ छाला सम्बन्धी रोग आँखा र झाडा पखाला सम्बन्धी रोगका बिरामी देखिने गरेको र महामारीका रुपमा कनै पनि रोग देखिएको छैन । नेपाल सरकारले २०५० सममा टिबी रोग नेपालबाट निर्मूल पार्ने लक्ष्य लिए अनुसार खोज तलासबाट आर्थिक वर्ष २०८१। ०८२ मा उदयपुरमा २५८ जना टिबीका नयाँ बिरामी देखा परेको र यो संख्या स्वास्थ्य कार्यालयको लक्षित कार्यक्रम भन्दा कम रहेका छ भने यो जिल्लामा टिबी क्षय रोग नियन्त्रणमा अझ बढी कामहरु गर्नु पर्ने अवस्था रहेको बताए । 

स्वास्थ्य कार्यालय उदयपुरका कार्यालय प्रमुख तथा क्षय कुष्ठ सुपरभाइजर अधिकृत आठौँका राम नरेश ठाकुरले तीन तहको सरकार भएकोले पालिकामा र जिल्लामा पठाउने बजेटले नि:शुल्क रुपमा वितरण गरिने ९८ प्रकारका औषधि नि:शुल्क वितरणमा समस्या भएको हुँदा तोकिएको संख्याको औषधी खरिद गर्न पुग्ने गरी बजेटको व्यवस्थापन संघीय सरकार र प्रदेश सरकार र स्थानीय तहले उचित रुपले व्यवस्था गर्नु पर्ने बताए ।

उनले उदयपुरलाई सरकारले तराईको जिल्लामा राखेको भए पनि तर यस जिल्लामा कर्णाली नि रहेका बताउँदै लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा वर्षाका समयमा पनि यातायातको साधन जान नसक्ने विकट ठाउँ रहेकोले जनतालाई सेवा सुविधा दिन समस्या रहेको छ । आर्पूिर्तमा समस्या रहेको र डेंगुको महामारीका समयमा जनतालाई सर्व सुलभ सेवा दिनु पर्छ । तर जनतालाई निःशुल्क डेंगु किट उपलब्ध गराउन नसकिएको । जाँचको किट हरु न प्रदेश संघ र स्थानीयले उपलब्ध गराउन नसकेको हुँदा डेंगुरोग नियन्त्रणमा समस्या भएको बताए ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रयोगशाला प्राविधिक प्रमुख अधिकृत छैठौका लौकाजी राईका अनुसार आ. ब २०८१।८२मा पालिकागत रुपमा डेगुरोग जिल्लामा सबैभन्दाबढी त्रियुगा नगरपालिकामा १४९ जना, बेलका नगरपालिकामा ८० जना, कटारी र चौदण्डीगढी नगरपालिकामा २३ ÷ २३ जना गरी जम्मा २७५ जना रहेको र चार गाउँपालिका उदयपुरगढी, रौतामाई, ताप्ली र लिम्चुङ्बुङमा डेंगुका बिरामी फेला नपरेको बताए ।

तथ्याङ्क अधिकृत लुइटेलले उदयपुरमा नेपाल सरकारले हरेक स्थानीय तहमा अस्पताल संचालन गर्ने नीति लिए अनुसार तोकेको मापदण्ड अनुसारको स्थानीय तहमा ३ वटा आधारभूत अस्पताल रहेको र स्वास्थ्य कायाृलयले तालिम दिने, अनुगमन गर्न प्राविधिक सहयोग तथा अन्य स्वास्थ्य सम्बन्धी कामहरुमा सुझाव सल्लाह दिने गरेको बताए ।

स्वास्थ्य कार्यालय उदयपुरका कार्यालय प्रमुख तथा अधिकृत आठौँ तहका क्षय, कुष्ठ सुपरभाइजार राम नरेश ठाकुरले प्रदेश वा संघीय सरकारबाट आएको कार्यक्रम क्रियाकलापहरु गर्दै आएको छ । जनताले निःशुल्क रुपमा पाउने खोप, क्षयरोग, कुष्ठ रोगको औषधी, परिवार नियोजनका साधनहरु, नि:शुल्क औषधीहरु वितरण गर्ने गरेको पालिकाको आवाजलाई प्रदेश र संघसम्म लैजाने समन्वयकारी भूमिका निर्वाह गर्ने गरेको छ । संघ र प्रदेशको परिपत्र पालिकासम्म पु¥याउने र खोप ९९ प्रतिशतले लगाएको क्षय रोगकोको पनि ९९ प्रतिशत नै कुष्ठ रोगी १२ जना रहेको छ ।

 गत वर्ष कालाजार त्रियुगा नगरपालिकामा १ जना देखिएको र मलेरिया नदेखिएको जानकारी दिँदै ठाकुरले समग्रमा हेर्दा स्वास्थ्य कार्यालय उदयपुरको स्वास्थ्य अवस्थाको सूचकहरु धेरै राम्रो रहेको र प्रतिशतका आधारमा स्वास्थ्य कार्यालय उदयपुरको ९५ प्रतिशत भौतिक  र ७३ प्रतिशत वितिय प्रगति रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register