स्वास्थ्य मन्त्रालयको सचिवमा विकास देवकोटा नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटा नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद बैठकले डा. देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा. संगिता मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो। हाल […]

Mar 6, 2025 - 01:58
 0
स्वास्थ्य मन्त्रालयको सचिवमा विकास देवकोटा नियुक्त

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटा नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद बैठकले डा. देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा. संगिता मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो। हाल डा. देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुन् ।

डा. देवकोटाले स्वास्थ्य मन्त्रालय विभिन्न महाशाखा प्रमुख र कोभिड १९ का बेला मन्त्रालयको प्रवक्ताको उत्कृष्ट भूमिका निर्वाह समेत गरिसकेका छन् । स्वास्थ्यसेवा विभागको महानिर्देशक हुनु अघि उनी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register