फर्किइन् पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा

लन्डन । नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा करिब एक साता लामो बेलायत भ्रमण सकेर नेपाल फर्किएकी छन् । नेपाल पत्रकार महासंघ यूकेको १४ औं स्थापना दिवस तथा साधारणसभाका लागि प्रमुख आतिथ्य ग्रहण गर्न १ अगष्टमा बेलायत आएकी शर्मा आइतबार बिहान नेपाल फर्किएकी हुन् । अध्यक्ष शर्मालाई बेलायत शाखा अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र […]

Aug 10, 2025 - 10:46
 0
फर्किइन् पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा

लन्डन । नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा करिब एक साता लामो बेलायत भ्रमण सकेर नेपाल फर्किएकी छन् ।

नेपाल पत्रकार महासंघ यूकेको १४ औं स्थापना दिवस तथा साधारणसभाका लागि प्रमुख आतिथ्य ग्रहण गर्न १ अगष्टमा बेलायत आएकी शर्मा आइतबार बिहान नेपाल फर्किएकी हुन् ।

अध्यक्ष शर्मालाई बेलायत शाखा अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, पूर्व अध्यक्ष नरेश खपांगीमगर, एनआरएनए उपाध्यक्ष रामशरण सिम्खडा लगायतले हिथ्रो विमानस्थलमा विदाइ गरे ।

अध्यक्ष शर्माले बेलायत रहंदा मुख्यतः शाखामा देखिएको विवाद समाधानका लागि सहजीकरण गर्न प्रमुख भूमिका खेलिन् । अहिले केन्द्रले बनाएको विवाद समाधान तथा सहजीकरण समिति शाखाको विवाद अन्त्य गर्न सहमति नजिक पुगेको छ । विमला सेनेको वर्तमान कार्यसमितिलाई सहज रुपमा काम गर्न सबै संस्थापक र सदस्यहरुले सहमति गरेका जनाइएको छ ।

शर्मा एनआरएनए यूकेको अन्तरक्रियामा समेत सहभागी भइन् । अध्यक्ष शर्माले शाखाका पदाधिकारीलाई व्यवसायिक पत्रकारितामार्फत नेपालमा समेत आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्न अपिल गरेकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register