चार्ल्टन नेपाली समाजको तीज दर र नाचगान १७ अगष्ट आइतबार

लण्डन- साउथ इष्ट लण्डनस्थित चार्ल्टन नेपाली समाज यूकेले नेपाली नारीहरुको महान चाड हरितालिका तीज एक कार्यक्रमका साथ मनाउने भएको छ । समाजले यही १७ अगष्ट आइतबार सथानीय मेरिडियन स्पोट्र्स एण्ड सोसियल क्लबको सभाहलमा तीज विशेष कार्यक्रम गर्ने भएको हो । साँझ ५ बजेदेखि बेलुका ११ बजेसम्मलाई कार्यक्रम तय छ । महिला दिदी बहिनहरुले सामूहिक रुपमा […]

Aug 11, 2025 - 12:29
 0
चार्ल्टन नेपाली समाजको तीज दर र नाचगान १७ अगष्ट आइतबार

लण्डन- साउथ इष्ट लण्डनस्थित चार्ल्टन नेपाली समाज यूकेले नेपाली नारीहरुको महान चाड हरितालिका तीज एक कार्यक्रमका साथ मनाउने भएको छ ।

समाजले यही १७ अगष्ट आइतबार सथानीय मेरिडियन स्पोट्र्स एण्ड सोसियल क्लबको सभाहलमा तीज विशेष कार्यक्रम गर्ने भएको हो । साँझ ५ बजेदेखि बेलुका ११ बजेसम्मलाई कार्यक्रम तय छ ।

महिला दिदी बहिनहरुले सामूहिक रुपमा तीजको दर खाने र नाचगान गर्ने उद्देश्यले हरेक वर्ष समाजको आयोजनामा यो कार्यक्रम हुंदै आएको छ ।

कार्यक्रम तयारीका लागि समाजकी उपाध्यक्ष सुनिता कंडेलको संयोजकत्वमा विष्णुकुमारी पाण्डे र सिता ढकाल सदस्य रहने गरी तीज बिशेष कमिटी पनि गठन गरिएको छ ।

नेपालीहरुको बाक्लो बस्ती रहेको साउथ इष्ट लण्डनमा तीज कार्यक्रमलाई विगतमा भव्य र मनोरञ्जनात्मक बनाउन सिंगो समाज र कार्यसमिति तयारीमा जुटेको समाजका अध्यक्ष बसन्त खनालले जानकारी दिए ।

तीज कार्यक्रममा डिजेको साथमा स्थानीय कलाकारको प्रस्तुति र पारिवारिक जमघट एवम् नाचगान गरिने समाजका महासचिव डा सुवोध नेपालले बताए ।

चार्ल्टन मात्र नभइ आसपासका क्षेत्रमा बसोबास गर्ने सबै नेपाली महिलालाई समेत समाजले तीज कार्यक्रममा निम्तो गरेको छ ।कार्यक्रममा सहभागी हुन वयस्कलाई १५ पाउण्ड तथा बालबालिकालाई १० पाउण्ड टिकट शुल्क राखिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register