सडक निर्माण गुणस्तरहीन भएपछि पत्रकार सम्मेलन

उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिकाको ४ वटा वडामा सञ्चालित गौरवको आयोजना निर्माणमा निर्माण व्यवसायीले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको, काममा ढिला सुस्ती गरेको जनगुनासो बढेपछि त्रियुगा नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सडक निर्माणका बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मेयर बसन्त बस्नेतले तोकिएको समयमा सडक निर्माण सम्पन्न गराउन, गुणस्तर कायम गराउन र मापडण्ड […]

May 24, 2025 - 07:19
 0
सडक निर्माण गुणस्तरहीन भएपछि पत्रकार सम्मेलन

उदयपुर ।

 उदयपुरको त्रियुगा नगरपालिकाको ४ वटा वडामा सञ्चालित गौरवको आयोजना निर्माणमा निर्माण व्यवसायीले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको, काममा ढिला सुस्ती गरेको जनगुनासो बढेपछि त्रियुगा नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सडक निर्माणका बारेमा जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा मेयर बसन्त बस्नेतले तोकिएको समयमा सडक निर्माण सम्पन्न गराउन, गुणस्तर कायम गराउन र मापडण्ड अनुसार काम गर्न निर्माण व्यवसायीलाई प्रतिवद्धता जनाएको बताए ।

समय थोरै भएकोले राती पनि काम गर्नु पर्छ र यस बाहेक अन्य विकल्प नरहेको अवस्था भएकोले दैनिक रुपमा कामको प्रगतिका बारेमा जानकारी लिइरहेको र यो आयोजनाको म्याद थप्न मन्त्रालयले विश्वबैंकको सहमतीमा मात्र सकिने भएकोले मन्त्रालयले म्याद नथप्ने जानकारी दिएकोले तोकिएको समयमा काम सक्नु पर्ने मेयर बस्नेतले बताए ।

मेयर बस्नेतले समयमा काम नसक्दा, गुणस्तरहीन काम गरेमा ढिलासुस्ती भएका खण्डमा नगरपालिकाले निर्माण व्यवसायीलाई कानुन अनुसार कालो सुचीमा राख्न लेखि पठाउने बताउदै सडक निर्माणको गुणस्तरमा तोकिए अनुसार हुनु पर्ने बताए ।

 त्रियुगा नगरपालिकाको वडा नं १०,११,१२ र १३मा दुई तर्फी नाला सहित १४.६४६ किलोमीटर सडक निर्माण गर्न नेपाल सरकार नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाढ (ल्ग्न्क्ष्ए) अन्तर्गत विश्व बैंकको सहयोगमा श्री आशिष आशिर्वाद स्वामी नारायण जेभी त्रियुगा उदयपुरसँग २०८० चैत्र ३० गते ६६ करोड ११ हजार १४० रुपैयामा ठेक्का सम्झौता भएको र २०८२ आषाढ १८ गतेसम्ममा निर्माणको काम सम्पन्न गर्नु पर्ने भए पनि ढिला सुस्ती गरेकोले तोकिएको समयमा सम्पन्न नहुने भएको छ ।

यो आयोजना २ प्याकेजमा निर्माण भैरहेका जानकारी दिँदै नगरपालिकाका प्रवक्ता तथा ३ नं वडाध्यक्ष तिलक बहादुर कटुवालले नपाभित्रको फरक फरक रोड निर्माण र सगरमाथा कृषि बजारमा पूर्व दक्षिण तर्फको सडक स्तरोन्नति मदन भण्डारी सभाहल देखि जनप्रेमीटोल विसनपुर १२ नं वडाको रोड निर्माण रहेको बताए।

निर्माण व्यवसायीले हालसम्ममा ३२ करोड७३ लाख४९ हजार १०१ रुर्पया भुक्तानी लगेको तर काममा विविध कारणले ढिला गरेको भएपनि भौतिक प्रगति७५ प््रतिशत र वित्तिय प्रगति४९.६० प्रतिशत रहेको पत्रकार सम्मेलनमा मेयर बस्नेतले जानकारी दिनु भएको छ ।

आयोजना डिजाइन,सुपरिवेक्षण गर्न द्यइत्भ्प्(न्इभ्ऋ(व्ख् काडमाण्डौ परामर्शदाता छनौट भएकोले कामको गुणस्तर, निर्माण प्रगति नपामा पेश गर्नु पर्ने र नपाले भेरीफिकेशन गरेर मात्र भुक्तानी दिने गरेको मेयर बस्नेतले बताए ।

नेपाल शहर िशासकीय तथा पूर्वाधार आयोजनाको आयोजना कार्यान्वयन निर्देशिका अनुसार कार्यको सहजीकरण गर्न नगरस्तरमा नगर प्रमुखको र वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा समन्वय समिति रहेको मेयर बस्नेतले बताए ।

सडक निर्माणका क्रममा, सवारी आवागमन, विजुलीको पोल सार्ने, खानेपानीको पाइप सार्ने, टेलिफोन लाइन सार्ने तथा सडक क्षेत्रमा जग्गा धनीहरुको अवरोधले गर्दा पनि निर्माण काममा ढिला भएको मेयर बस्नेतले जानकारी दिनु भएको छ ।

हाल त्रियुगा नगरपालिकाको वडा नं ११ को बजार क्षेत्रमा भैरहेको सडक निर्माणको काममा मापदण्ड अनुसार काम नभएको, प्रयोगशालामा परीक्षण नगराई निर्माण सामाग्री प्रयोग गरेको, वर्षा लाग्ने समयमा सडक खनेर लथालिङ पारेको, गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको जस्ता गुनासाहरु आएपछि  नगरपालिकाले  मेयर, उपमेयर, वडाध्यक्ष, निर्माण व्यवसायीका प्रतिनिधि, परामर्शदाता तथा नगरपालिकाको भौतिक पूर्वाधार शाखाका इन्जिनियर नपाका प्रमुख प्रशासकीय अधिकृत सहितको पत्रकार सम्मेलन गरेर सडक निर्माणका बारेमा जानकारी दिएका छन् ।

निर्माण कम्पनिका तर्फबाट इन्जिनियर राजेश यादव, परामर्शदाताको तर्फबाट इन्जिनियर अमरदीप यादव र नपाका तर्फबाट इन्जिनियर निर्मल कुमार चौधरीले सडक निर्माणमा प्रयोग भएका सामाग्रीका बारेमा जानकारी दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register