एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

May 19, 2023 - 04:54
 0
एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च
एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

लण्डन - बेलायती महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टि र त्यससँग सम्बन्धित कार्यक्रममा करिब १६ करोड २० लाख पाउन्डस्टर्लिङ्ग (करिब २० करोड १० लाख अमेरिकी डलर) खर्च भएको बेलायत सरकारले बिहीबार सार्वजनिक गरेको छ ।

गत सेप्टेम्बर १९ मा बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको राजकीय अन्त्येष्टिमा सयौं विदेशी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको व्यापक सुरक्षा अभियान सञ्चालन गरिएको थियो ।

लण्डनस्थित बेलायती संसद र एडिनबर्गमा रहेको उहाँको शवलाई हेर्नका लागि चौबिसै घण्टा लामबद्ध हजारौं मानिसहरूले लामो समयसम्म लामबद्ध भएर हेरेका थिए ।

अर्थमन्त्री जोन ग्लेनले संसदलाई दिएको लिखित वक्तव्यमा कूल अनुमानित लागत १६ करोड १७ लाख पाउन्ड रहेको र सबैभन्दा ठूलो हिस्सा आन्तरिकमामिला मन्त्रालय अन्तर्गत सात करोड ३७ लाख पाउन्ड रहेको बताउनुभएको छ । त्यसैगरी संस्कृति, सञ्चार र खेलकुद मन्त्रालय अन्तर्गत पाँच करोड ७४ लाख पाउड खर्च गरेको बताइएको छ भने स्कटिश सरकारले एक करोड ८८ लाख खर्च गरेको उहाँले बताउनुभयो ।  

“महारानी एलिजाबेथ द्वितीयाको ८ सेप्टेम्बर २०२२ मा भएको निधन र त्यसपछिको राष्ट्रिय शोकको अवधि ठूलो राष्ट्रिय महत्वको क्षण थियो,” ग्लेनले खर्च आवश्यक भएको पुष्टि गर्दै भन्नुभयो । 

“सरकारको प्राथमिकता भनेको यी कार्यक्रमहरू उचित स्तरको सुरक्षा र गरिमाका साथ सञ्चालन गर्नु थियो ।

बकिङ्घम प्यालेसले उक्त सुरक्षा अभियानका क्रममा १० करोडभन्दा पाउन्डस्टर्लिङ्ग भन्दा बढी खर्च भएको भन्ने समाचारलाई अस्वीकार गरेको छ ।

रासस÷एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1