राष्ट्रवादी शक्ति र कम्युनिष्ट माथि ठुलो आक्रमण भइरहेको छ : शंकर पोखरेल

May 26, 2023 - 02:27
 0
राष्ट्रवादी शक्ति र कम्युनिष्ट माथि ठुलो आक्रमण भइरहेको छ : शंकर पोखरेल
राष्ट्रवादी शक्ति र कम्युनिष्ट माथि ठुलो आक्रमण भइरहेको छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय लगातार भइरहेका भ्रामक प्रचारबाट सचेत बन्नुपर्ने बताउनुभएको छ । 

अहिले गोयवल्सको शैलीमा भ्रमपूर्ण प्रचार भइरहेको पोखरेलको भनाइ छ । देशभक्तहरूमाथि विदेशी शक्तिकेन्द्रको इसारामा षडयन्त्रपूर्ण आक्रमण हुँदासमेत रमाउने र षडयन्त्रलाई सत्य ठानेर विश्वास गर्ने परिस्थितिले राष्ट्र कमजोर भइरहेको पोखरेलको विश्लेषण छ । 

अहिले राष्ट्रवादी शक्ति र कम्युनिष्ट माथि ठुलो आक्रमण भइरहेको पोखरेलको भनाइ छ । ‘वास्तविक राष्ट्रवादी शक्ति र कम्युनिष्ट शक्तिका विरुद्धको षडयन्त्रमा यति धेरै व्यक्तिहरू सामेल छन् कि आम मानिसहरूलाई षडयन्त्रको अनुभूति नै हुन सकिरहेको छैन’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ । 

यस्तो बेलामा सिर्जित भ्रम चिर्नका लागि देशभक्त र क्रान्तिकारी पहिलेको तुलनामा अझ धेरै गम्भीर र सक्रिय बन्न आवश्यक रहेको उहाँको ठम्याइ छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1