कोइला बोकेको ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत तुईनखोला भन्ने स्थानमा आज बिहान ट्रक पल्टिँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ आउँदै गरेको कोइला लोड भएको ट्रक अनियन्त्रित भई पल्टिएका कारण दुबैतर्फ यातायात ठप्प भएको चितवन प्रहरीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन। दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ। प्रहरीले […]

May 11, 2025 - 03:49
 0
कोइला बोकेको ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत तुईनखोला भन्ने स्थानमा आज बिहान ट्रक पल्टिँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ आउँदै गरेको कोइला लोड भएको ट्रक अनियन्त्रित भई पल्टिएका कारण दुबैतर्फ यातायात ठप्प भएको चितवन प्रहरीले जनाएको छ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन। दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ। प्रहरीले अवरोध हटाएर सडक सुचारु गर्ने प्रयास गरिरहेको जानकारी दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register