फिल्म ‘लाज शरणम्’ले पायो प्रदर्शन स्वीकृति

काठमाडौं । फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको स्वीकृति पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई देशभर प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो । यसअघि पाटन उच्च अदालतले फिल्मको प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो । चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै पूर्वमन्त्री मोहम्मद अफताव आलमले दिएको रिटमा सुनुवाइ गर्दै मङ्गलबार […]

Feb 23, 2025 - 06:21
 0
फिल्म ‘लाज शरणम्’ले पायो प्रदर्शन स्वीकृति

काठमाडौं । फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको स्वीकृति पाएको छ ।

केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई देशभर प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो ।

यसअघि पाटन उच्च अदालतले फिल्मको प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो ।

चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै पूर्वमन्त्री मोहम्मद अफताव आलमले दिएको रिटमा सुनुवाइ गर्दै मङ्गलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register