भारतले नेपालको भू-भागसहितको नक्सा संसद्मा राखेकाे भन्दै त्यसको प्रतिवाद गर्न अध्यक्ष ओलीको निर्देशन

Jun 2, 2023 - 03:55
 0
भारतले नेपालको भू-भागसहितको नक्सा संसद्मा राखेकाे भन्दै त्यसको प्रतिवाद गर्न अध्यक्ष ओलीको निर्देशन
भारतले नेपालको भू-भागसहितको नक्सा संसद्मा राखेकाे भन्दै त्यसको प्रतिवाद गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालको भू-भागसहितको नक्सा संसद्मा राखेपछि त्यसको प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । 

बिहीबार साँझ एमालेका राष्ट्रियसभामा सदस्य सबै १८ जना सांसदहरूसँगको छलफलमा अध्यक्ष ओलीले अखण्ड भारतको नक्साको प्रतिवाद गर्नुपर्ने बताउनुभएको हो । 

भारतले नयाँ संसद् भवनमा राखेको अखण्ड भारत नक्सामा नेपालका लुम्बिनी, कपिलवस्तु र विराटनगरलगायतका भू-भाग समेटिएको छ । त्यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ । 

राष्ट्रियसभा सदस्यहरूसँग अध्यक्ष ओलीले अखण्ड भारतको नक्साको सदन र सडकबाट प्रतिवाद गर्न निर्देशन दिनुभएको हो ।  

छलफलमा सहभागी एक सांसदका अनुसार नेपाली भूमि समेटेर भारतले नक्सा जारी गर्नु आपत्तिजनक रहेको अध्यक्ष ओलीको भनाइ थियो । उहाँले राष्ट्रियसभामा यस विषयलाई एमालेका तर्फबाट खुलेर प्रतिवाद गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ । 

साँझ साढे ६ बजेदेखि करिब दुई घण्टा बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले राष्ट्रियसभामा हाल भइरहेका गतिविधिका बारेमा जानकारी लिनुभएको थियो । 

''अध्यक्षज्यूले राष्ट्रियसभामा के भइरहेको छ, कुनु कुन विधेयकमा छलफल चलिरहेको छ आदि विषयमा जानकारी लिनुभयो'', एमाले राष्ट्रियसभा दलका नेता देवेन्द्र दाहालले भन्नुभयो,''वर्तमान सरकार नेपालको लागि भन्दा अरू कसैको हितमा काम गर्न उद्धत रहेकोले एमालेले सबै मोर्चाबाट प्रतिवाद गर्नुपर्छ भन्ने उहाँको निर्देशन छ ।''

राष्ट्रियसभामा छलफलमा रहेका नेपाल विश्वविद्यालय विधेयक, राष्ट्रिय मर्यादा कायम गर्न बनेको विधेयक आदिका बारेमा अध्यक्ष ओलीले जानकारी लिनुभएको दाहालले जानकारी दिनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1